सरकार जाेगाउने नाममा राष्ट्रिययतालाइ नै खतरामा पारेकाे भन्दै प्रधानमन्त्री अाेली र महताेकाे पुत्ला दहन

शिवु खनाल
दाङ, २४ जेठ
उप प्रधानमन्त्री राजेन्द्र महताेकाे अभीब्यक्तिले राष्ट्रिय स्वतन्त्रता माथी आँच पुराएकाे भन्दै अखील क्रन्तीकरिले दाङको लमहीमा पुत्ला दहन गरेकाेछ ।

बिद्यार्थी संगङठनले प्रधानमन्त्री केपी अाेलीले सरकार जाेगाउने नाममा राष्ट्रिययतालाइ नै खतरामा पारेकाे भन्दै प्रधानमन्त्री केपी अाेलीकाे समेत पुत्ला जलाएका छन् ।

लमहीकाे फिल्महल चाेकबाट शुरू भएकाे राँके जुलुसमा सहभागी बिद्यार्थीले गाेलघर चाेकमा पुत्ला दहन गरेका छन् ।

कार्यक्रममा बाेल्दै बिद्यार्थी नेताहरुले बर्तमान सरकारबाट राष्ट्र र राष्ट्रियता माथि दिन प्रतिदिन खतरा बढदै गईकाेले केपी अाेलीले अबिलम्ब राजिनामा गरि राजेन्द्र महताेलाई कडा कार्वाही गर्न माग समेत गरेका थिए । बिराेध कार्यक्रमलाई निरन्तरता दिने समेत उनिहरुकाे भनाइ थियाे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *