आजदेखि देशभर ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाइदै

काठमाडौँ, जेठ २५ । आजदेखि देशभर ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाइदै छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोनाविरुद्धको खोप भेरोसिल लगाइन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा। झलक गौतमले जानकारी गराउनुभयो ।

नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा। गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो ।

हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । उहाँले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गर्नुभयो । डा। गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।

यसैबीच दाङमा पनि ६२ देखि ६४ वर्ष उमेरसहूलाई कोरोना विरुद्धको खोप लगाइदै छ । दाङका स्थानीय तहहरुले सूचना जारी गर्दै आजदेखि लगाउने जारी दिएका छन् । साथै खोप लडाउने केन्द्र समेत तोकिसकेका छन् । यता घोराही उपमानगरपालिकाले ६२ देखि ६४ वर्ष उमेर समूहका २ हजार ५ सय ५० जनालाई लगाउने भएको छ । १ढ वडा रहेको घोराहीमा ५ स्थानमा खोप केन्द्र तोकिएको छ ।

घोराहीमा कहाँ-कहाँ छ खोप केन्द्र ?

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *