मौसम: आज यि ठाउँमा छ भारी वर्षाको सम्भावना

काठमाडौं, जेठ २८। नेपालमा हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । अहिले विहान पानी भने परेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसपछि देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।

देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा र प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *