दाङमा कार र माेटरसाईकल एक आपसमा ठाेक्किदा एक जनाको मृत्यु

शिबु खनाल ,दाङ, २८ जेठ
कार र माेटरसाईकल एक आपसमा ठाेक्किदा दाङमा नाम ठेगाना नखुलेको एकजना माेटरसाइक पुरूषकाे ज्यान गएकाे छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.अ.अ.च ५३३४ नम्बरको कार र विपरीत बाटाेबाट आउँदै गरेको भे १ प ८४२२ नम्बरको माेटरसाईकल बिहीबार राति एघार बजे दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित एकआपसमा ठाेक्किदा माेटरसाईकल चाललकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

मृत्युको नाम र ठेगान भने खुल्न नसकेको प्रहरीले भनाइ छ । ठक्कर दिने कार, चालक भालुवाङ् प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ । मृतकाे सनाखतकाे तयारी भइरहेको इलाका प्रहरी कार्यालयले भालुवाङ्का प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *