कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु

प्यूठान, जेठ २९ गते । आफूले चलाएको कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं ४ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । कच्ची सडकमा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै दुर्घटना भएको गैरेले बताउनुभयो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *