छायाँ नेपालको सहयोगमा तुलसीपुर ७ का ५५ घर परिवारलाई खाद्यान्न सामग्री वितरण

तुलसीपुर,जेठ २९ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ५५ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । छाया नेपाल काठमाडौको आर्थिक सहयोग तथा नेपालका कार्यकारी निर्देशक कमल थापा र तुलसीपुर ७ निवासी समाजसेवी जगत थापाको पहलमा शनिबार एक कार्यक्रमका बीच कालाखोलामा उक्त सामाग्री वितरण गरिएको हो । विश्व महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण ( कोभिड-१९) का कारण रोजगारी गुमाएका गरिब तथा विपन्न वर्गहरुलाई करिब डेढ लाख बराबरको चामल,दाल,नुन,सावुन,चीनी लगाएतका सामाग्रीहरू वितरण गरिएको हो।
समाजसेवी जगत थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य रामबहादुर जिसीले कोरोना संकटको समयमा दैनिक काम गरेर खाने विपन्न वर्गका परिवारलाई छायाँ नेपालको सहयोगले ठूलो राहात पुगेको बताए। कार्यक्रममा मावि कालाखोलाका सह-प्रधानाध्यापक छवि न्यौपाने,विद्यालय व्यवस्थापन समितिका सदस्य श्यामलाल पोख्रेल,पत्रकार यमकला भुसाल , गरिब संग बिशेस्वर कार्यक्रमका प्रतिनिधि रिता थापा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण समाजसेवी चिरञ्जीवी रेग्मीले गरेका थिए । छायाँ नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई सहयोग गर्दै आएको छ । साथै कोरोना महामारीबाट पीडित वर्गहरुलाई राहत प्रदान गर्न हाल यो संस्थाले २५ जिल्लामा राहत वितरण कार्य सञ्चालन गरिरहेको बताइएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *