लमहीमा गाडी तोडफोड गर्ने दुई युवालाई प्रहरीले गर्याे कर्याप्पै

शिवु खनाल
दाङ, २९ जेठ
गएराती लमहीमा गाडी तोडफोड गर्ने दुईजना युवालाई पक्राउ गर्न लमही प्रहरी सफल भएको छ । सुचना पाएको ६ घण्टा भित्र आपराधिक गतिविधिमा सँलग्न भएका ती युवालाई प्रहरीले पक्राउ गर्न निकै मेहनत गर्नु परेको थियो ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाडा निवासी वर्ष २६ का रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षिय सुदन केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभैइ मादक पदार्थले मातिएर गरेको बताएका प्रहरी निरीक्षक पौडेलले बताए ।

कसरी पुग्यो प्रहरी त्यहाँ सम्म
बिहान साढे ६ बजे प्रहरीले खबर पायो, ठूलो संख्यामा गाडी तोडफोड भएपछि एक छिन प्रहरीमा खैलाबैला भयो ।

तत्काल प्रहरी निरीक्षक पौडेलले प्रहरी नायब निरीक्षक निर्मल केसीको कमान्डमा व्यापक प्रहरी परिचालन गरियो । बजारमा राखिएका सिसि टिभिका फुटेजका आधारमा प्रहरीले आफ्नो अनुशन्धान अघि बढायो ।

सिसि टिभी फुटेजका आधारमा प्रहरीले निकै मेहनत गर्दै जाँदा मादक पदार्थले मातिएर तोडफोड गर्ने ती दुई जना युवालाई नियन्त्रणमा लियो । वडा कार्यालयमा ल्याएर सोधपुछ गर्दा पक्राउ परेका दुबै जनाले स्विकार गरे ।

पक्राउ परेका युवाहरुलाई कानुन अनुशार हदै सम्मको कारबाही हुने प्रहरी निरीक्षक पौडेलले बताए ।

लमही ५ निवासी आशिष् न्यौपानेको भे १ च २७२६ नम्बरको बोलेरो, सीता रेग्मीको भे १ च २८१२, दिलिप जिसीको लु १ ख ९१४९ नम्बरको बस, कौसल जैसवालको ना ८ ख ५३५० डिलक्स बस, दिनेश आचार्यको १७५९ नम्बरको मिनि ट्रक, केशब घिमिरेको सामान ढुवानी गर्ने रा १ च १२८८ नम्बरको सानो भ्यान, मिनराज पाण्डेको प्र ३ – २२-२९७२ न को कार, र भरत बिश्वकर्माको बा २१ च ९८९५को गाडी माथी तोडफोड भएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *