एकैदिनमा ४५ हजारले कोरोनाका पहिलो डोज लगाए स्वास्थ्य |

काठमाडौं, जेठ २९ गते । नेपालमा एकैदिन ४५ हजार २९९ जनाले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार भने कोरोना बिरुद्धको दोस्रो डोज लगाइएको छैन् ।
मन्त्रालयले दैनिक सार्बजनिक गर्ने कोरोना सम्बन्धी बिवरणमा शुक्रबारसम्म २३ लाख ८३ हजार ९८ जनाले कोरोना भाइरस बिरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बिहीबार साँझसम्म २३ लाख ३७ हजार ७९९ जनाले पहिलो डोज लगाएका थिए । मन्त्रालयका अनुसार बिहीबारपछि कोरोना बिरुद्धको दोस्रो डोज दिइएको छैन् । शनिबार सार्वजनिक बिवरण बमोजिम नेपालमा कोरोनाका दोस्रो डोज लिएका ब्यक्तिको संख्या छ लाख ९१ ह्जार ४९४ रहेको छ ।
नेपालमा माघ दोस्रो सातादेखि खोप कार्यक्रम सुरु भएको थियो । हाल ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई कोरोना बिरुद्धको खोप लगाइदैछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *