क्लबको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न

हिमाल महरा
३१ जेष्ठ दाङ,
लक्ष्मीपुर युवा क्लब को आयोजना तथा रक्तसञ्चार सेवा घोराही दाङ को सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।विश्व रक्तदाता दिवसको अवसरमा क्लबले आज रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष पन्कज आचार्य ले जानकारी दिनु भयो ।क्लबका सदस्य तथा अन्य गरी २१ जना दाताहरुले सो अवसरमा रक्तदान गर्नु भएको थियो ।
रक्तदान गर्नुहुने हिमाल पौडेल, श्रीधर भण्डारी, खेमराज भण्डारी, तारा प्रसाद भण्डारी, गिरिराज न्यौपाने, नविन थापा, गिर ब. महरा, बिकल्प अधिकारी, केशव अधिकारी, हेमराज भण्डारी, विकास पाण्डेय, दिपेश लामिछाने, सन्देश लामिछाने, गिरिराज घिमिरे, लोकराज अधिकारी, भुवन भण्डारी, वसन्त थापा, थानेश्वर भण्डारी, आनन्द भण्डारी, जेलसन अधिकारी, सन्तोष भण्डारीहरुले गर्नु भयको थियो। उपस्थित सम्पुर्ण रक्तदाता,स्वयंसेवक र कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य, समाजसेवी,स्थानीय ,बुद्धिजीवी सम्पुर्णलाई क्लब का सह सचिव खेमराज भण्डारी ले धन्यवाद व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सहजिकरण सचिव श्रीधर भण्डारीले गर्नु भएको थियो |

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *