अस्पताललाई सर्जिकल बेर्ड र अक्सिजन कन्सनेट्रटर सहयोग

शिवु खनाल
देउखुरी, ३१ जेठ
(कोभिड १९) को व्यवस्थापनमा केही सहयोग पुगोस् भनेर दाङको लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकिलाई दुईलाख साठी हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल क्यानेडा बसोबास गर्दै आउनु भएका निरञ्जन थापाले आयोजना गरेको गो–फन्ड नामक संस्था र थापाका केही साथिहरू आर्थिक सहयोगबाट संकलित दुई थान सर्जिकल बेर्ड र दुई थान अक्सिजन कन्सनेट्रटर लमही अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो ।
यस्तै सिसहनियाँ स्वास्थ्य चौकिलाई एक थान अक्सिजन कन्सनेट्रटर मेशिन हस्तान्तरण गरिएको छ । उक्त सामाग्री निञ्जन थापाको बुवा नरेन्द्र बहादुर थापा, आमा पार्वती देवि थापा र राप्ती गाउँपालिका तरूणदलका अध्यक्ष आशिष पौडेलले संयुक्तरूपमा लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जिता महतोलाई हस्तान्तरण गर्नुभएको थियोे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *