खुकुलो बनाउदै दाङमा असार ८ गतेसम्म लकडाउन थपियो

 

असार १,घोराही – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गएको बैशाख १७ गते देखी जारी लकडाउन दाङमा असार ८ गते सम्म लम्ब्याईएको छ । तेस्रो पटक थप गरिएको लकडाउनको समय आज बेलुकी ६ बजेपछि सकिदै छ । लकडाउन पहिलेको भन्दा केहि खुकुलो बनाइएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

कोरोना संकट व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार ८ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा र लकडाउनेको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको उनले बताए । प्रशासनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेदेखि दिउसो १ वजेसम्म सबै सरकारी कार्यालय खोल्ने निर्णय भएको छ । त्यस्तै बैठकले होटल र रेष्टुरेन्टलाई होम डेलिभरिका लागि खुला गर्ने निर्णय गरेको छ ।
खाद्यान्नका पसल अब देखी दैनिक बिहान ६ देखी १० बजे सम्म खुल्लारुपमा चल्नेछन भने सैलुन,चिया पसल बाहेक अरु सबै पसलहरु खुल्ने प्रजिअ पौडेलले बताए ।
तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिनु पर्ने भनिएको छ ।

त्यसैगरी, बैंकहरु दैनिक १० देखि २ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *