पशुपालनमा देउखुरीका युवाको आकर्षण बढ्दो पशुपाकल किसानलाई निशुल्क घाँसको बेर्ना वितरण

शिवु खनाल
दाङ, १ असार
दाङको लमही नगरपालिका अन्तरगत व्यावसायिकरूपमा पशुपालन गरिरहेका पशु पालक किसान, समुह र सहकारीलाई उन्नत जातको घाँसको बेर्ना वितरण गरिएको छ । लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयको पशु आहारा कार्यक्रम अनुसार नगर क्षेत्रका दुईसय जना पशुपालक किसानलाई सुपरनेपिएर घाँसको सेट निशुल्क वितरण गरिएको हो । ‘हामीले प्रत्येक वर्ष नगर क्षेत्रका पशुपालक किसानलाई उन्नत जातको घाँसको बीउ तथा बेर्ना निशुल्क वितरण गर्दै आएका छौ । यसपटक सुपरनेपिएर घाँसको तीस हजार सेट दुईसय जना पश्पालक किसानलाई निशुल्क वितण गरेका छौ, लमही नगरपालिका पशु सेवा उप–शाखा प्रमुख शिवराज न्यौपानेले भन्नुभयो,–। ‘नगरका पशुपालक किसानलाई यतिधेरै मात्रमा घाँसको सेट वितरण गरेको पहिलोपटक हो ।’
अहिले वितरण गरेको बहुवर्षिय घाँसको बेर्ना हो । एकपटक लगाएपछि पाँच देखि आठ वर्षसम्म घाँसले उत्पादन दिन्छ । घाँस लगाएको साठी दिनभित्र तयार हुने र उक्त घाँस हुर्केपछि चार दिन देखि पाँच दिनमा पशुलाई आहाराको रूपमा खुवाउनको लागि तयार हुने प्रमुख न्यौपानेले भन्नुभयो । उक्त घाँसले दुध, मासु उत्पादनमा बढ्ने, किसानलाई लागत खर्च कमी आउने प्रमुख न्यौपानेले बताउनुभयो । व्यावसायिकरूपमा पशुपालन गरिरहेका नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले भन्नुभयो,– ‘नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।
पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशुफार्म सञ्चालन गरेका किसानलाई पशुको संख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । पछिल्लो समय यता दाङ देउखुरी मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ, प्रमुख प्रशासकीय अधिकृत डाँगी भन्नुहुन्छ, मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ । हामी सहयोगीका रूपमा उभिएका छौँ ।
दाङको देउखुरी क्षेत्रका कृषिकले गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन् । व्यावसायिक रूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ । यता उन्नत जातको घाँसको बीउ निशुल्क पाउदा कोलही निवासी स्थानीय कृष्णा चौधरीले खुसि व्यक्त गर्नुभयो । मंगलबार लमही नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्रराज क्षेत्री र लमही नगरपालिका पशु सेवा उप–शाखा प्रमुख शिवराज न्यौपानेले संयुक्तरूपमा किसानलाई घाँसको बेर्ना हस्तान्तरण गर्नुभएको थियोे ।
साना किसान तथा फर्म व्यवसायी कृषकलाई बोयर जातको बोका
यस्तै लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालय लमहीले नगर क्षेत्रका साना किसान तथा फर्म व्यवसायी कृषकलाई बोयर जातको बोका वितरण गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार लमही नगरपालिका भित्र व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका साना किसान तथा फर्म संचालकलाई उन्नत जातको बोयर बोका बितरण गरिएको हो । लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालय लमहीले वार्षिक कार्यक्रम अनुसार उन्नत जातको बोयर बोका खरिदको लागि तीनलाख बिसहजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
सोही कार्यक्रम अनुसार नस्ल सुधारको लागी ८७ र ७५ प्रतिशत क्षमता भएका उन्नत जातका बोयर बोका नगर क्षेत्रका साना किसान तथा फर्म व्यवसयीलाई बितरण गरिएको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख शिवराज न्यौपानेले जानकारी दिनुभयो । व्यवसायिक रुपमा बाख्रापालक कृषकहरुको बाख्राको संख्या बढाउनका लागि र भारतीय बाख्राको आयातित घटाउनका लागि नगरका बाख्रापालक कृषकलाई उन्नत जातको बोयर बोका वितरण गरिएको हो, प्रमुख न्यौपानेले भन्नुभयो ।
मंगलवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देबका बेल्वासे, लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख शिवराज न्यौपानेले संयुक्तरुपमा मही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको बगारबाबा कृषि फर्म, वडा नम्बर ७ को निर्मला बाख्रा फर्म, वडा नम्बर १ को खेलमैदान टोल विकास सस्था नर्ती, र वडा कार्यालय को सिफारिस अनुसार पाँचजना साना किसानलाई उन्नत जातको बोयर बोका पशुपालक कृषकलाई बितरण गर्नुभएको थियो । शाखाले गतवर्ष सोही कार्यक्रम अनुसार बिसवटा बोयर जातको बोका बितरण गरेको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *