भैँसी चराउन भनि राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार

शिवु खनाल
दाङ, २ असार
राप्ती नदीको दायाँ र बायाँ पट्ठी बिचको भागमा भैसाीँ चराउन भनि गएका चारजना व्यक्ती लगातार अविरल वर्षातका कारण टापुमा फसे । मंगलवार विहान आठ बजे घरबाट खाना खाएर गोठबाट भैसी फुकाएर राजपुरबाट तिनजना र लमहीबाट एकजना गरि चारजनाको समुह भैसी लिएर उक्त टापुमा पुगेका थिए । ‘यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। ‘रातभरी कठिङ्ग्रीएर खरको छाप्रोमा भोकभोकै बास वितायौँ । रातभर राप्ती नदीमा आएको बहाव हेर्दै रात विताउन बाध्य भयाँै । हारगुहारको लागी गाउँ नजिक थिएन ।’
२०१८ सालमा आएको बाढीका कारण राजपुरको बेला र लमहीको हस्नापुर घाटको बिच भागमा रहेको टापुबाट स्थानीयले बसाइसराई गरेर लमहीको हसनापुर गएका थिए । हसनापुर र बेला जोड्ने बिचमा राप्ती नदिको दुईवटा हङालो छ । बिचमा टापु छ सोही टापुमा हसनापुरका स्थानीयले गाई भैंसीलाई चरिचरनका लागि लैजाने गरेको स्थानीय रामआधार शर्माले बताउनुभयो ।
दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदिको टापुमा फसेका उनिहरुलाई बिपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादव, वडा नम्बर २ बेला निवासी २६ वर्षीय राधेश्याम यादव, सोही ठाउँ निवासी ५० वर्षीय सावित्रा यादव र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी बेला कि वर्ष ५० का साबित्रा यादव र मन्साराम चौधरी मंगलवार भैंसी लिएर चराउन हसनापुरको टापुमा गएका थिए ।
लगातार अविरल वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेपछि दिनभरी दायाँ र बायाँ राप्ती नदीको बिचको भागमा रहेको टापुमा फसेका थिए । राप्ती नदिमा बाढी आए पछि टापुमा रहेको खरको छाप्रोमा रात विताएका थिए । उनिहरु घर फर्किन सकेनन । उनिहरु टापुमा फसिसकेका थिए । रात परेको र फसेको घाटको बारेमा एकिन गर्न नसक्दा उद्दार गर्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माले बताउनुभयो ।
२९ नं. गण भालुवाङ्का प्रमुख टोप खनाल, सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माल, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राज कुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजिब श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोलि उद्दारको लागी राप्ती नदिको बेला घाटमा पुगेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *