बर्षाका कारण उत्पन्न हुने विपदमा खट्न माअाेबादी केन्द्रकाे कार्यकर्तालाइ निर्देशन

शिवु खनाल
दाङ, २ असार
नेकपा माअाेवादी केन्द्र दाङको लमही नगरले लगातारकाे बर्षाले उत्पन्न हुने बिपद नियन्त्रण र राहत उद्दारमा खट्न पार्टि कमिटिलाई निर्देशन गरेकाे छ ।

पार्टिका लमही अध्यक्ष नवीन कुवर अमर र वसन्त शर्मा बिक्रान्तले बिज्ञप्ति जारी गरि उक्त निर्देशन जारी गरेकाे हाे । देशभर लगातारकाे बर्षाले बिभिन्न क्षेत्रमा क्षेति पुर्याइरहेकाे अवस्थामा अाफ्नाे क्षेत्रमा हुने र हुन सक्ने बिपदमा खट्न र सुरक्षाकर्मि, सामाजिक संस्था र उद्दार कर्मिसग सहकार्य गर्न पार्टी कार्यकर्ता लाई आग्रह गरीएकाे छ ।

यस्तै बिज्ञप्तिमा पार्टि सधै जनसेवा, जनजिविका र जनसराेकारमा केन्दित हुने स्मरण गराउदै कुनैपनि विपद भएमा पार्टीलाई सम्झन र सुचना पुर्यायर सहयाेग गर्न जनतालाई अनुराेध समेत गरिएकाे छ । लमही नगरपालिका, विपद व्यवस्थापन समिति र सुरक्षा कर्मिसंग सहकार्य आफ्नाे पार्टि लमही नगर सधै तयार रहेकाे जानकारी गराउदै आफ्नाे पार्टी कार्यकर्ताकाे सहयाेग लिन समेत आग्रह गरियकाे छ ।

स्थानिय सरकारकाे याे समयमा महत्वपुर्ण भूमिका रहने हुनाले सुचना प्रवाह र वर्षाबाट उत्पन्न हुनसक्ने विपदमा सधै तयार रहनु पर्ने जनताले स्थानिय सरकारकाे अनुभुति हुनु पर्ने समेत उल्लेख गरिएकाे छ । बिशेषगरी राप्ती तटिय क्षेत्रमा रहेका लमही वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ पहाडी क्षेत्र लमही १ र लगायत सबै क्षेत्रमा उच्च सावधानि उपनाउन समेत स्थानिय संग अनुराेध गरेकाे छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *