दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या

३ असार ,घोराही –दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेका हुन ।

सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते बनाएका थिए । घाईते श्रीमतिको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुुभयो । आरोपित मुकुन्दलाल प्रहरीले नियन्त्रण लिइ सकेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *