अवैध रुपमा काठ चोरी निकासी हुँदै गर्दा गाडीसहित रोल्पाका ४ जना पक्राउ

दाङ, असार ४ । दाङ देउखुरीबाट अवैध रुपमा काठ चोरी निकासी हुँदै गर्दा गाडीसहित रोल्पाका ४ जना पक्राउ परेका छन् । विहीबार राती करिब १ बजेको समयमा देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट रोल्पा रुण्टिगढी गाउँपालिकाका ४ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा गाडी चालक रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षिय महेश पुन, सोही ठाउँका २८ वर्षिय बसन्त क्षेत्री, २२ वर्षिय बिनोद पुन र २८ वर्षिय सुशिल घर्तिमगर रहेका छन् ।

रहेको इलाका प्रहरी कार्यालय गढवाका अनुसार उनीहरुले भे १ च१८२१ नम्बरको बोलेरो पिकअपमा अवैध सालको काठ कोईलाबासदेखी गढवा तर्फ ल्याउदै थिए । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोली राती १ बजे नियन्त्रणमा लिएको हो । प्रहरीले २६ थान घप्पु (४५.४९ क्यु फिट) काठ नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय देउखुरीमा बझाइएको जनाएको छ।

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *