वन्यजन्तु उद्दार सामाग्री नहुँदा रमिते बने वन कर्मचारी

शिवु खनाल
दाङ, ५ असार
वन्यजन्तु उद्दारको लागी डिभिजन वन कार्यालय देउखुरी, दाङका वन कर्मचारी र वन्यजन्तु अनुसन्धानकर्मीको टोली सामुदायिक वनक्षेत्रमा प्रवेश गरे । लमहीको अजम्मरी सामसदायिक वनमा शिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डि) बाघ फसेको थियो । रणसिंह दल गण अर्जुनखोला लमहीका सेनानी मनोज थापाले खबर गरे लगत्तै त्यही (हड्डि) बाघको उद्दारको लागी शुक्रवार विहान आठबजे डिभिजन वन कार्यालय देउखुरी, दाङका वन कर्मचारी र वन्यजन्तु अनुसन्धानकर्मीको टोली सामुदायिक वन क्षेत्रमा प्रवेश गरेको हो । तर, वन्यजन्तु उद्दार सामाग्री नहुँदा वन्यजन्तु उद्दारमा समस्या प¥यो । बल्लतल्ल नेट जालीको सहयोगमा हुँडार (हड्डि) बाघको उद्दार गरियो, वन्यजन्तु अनुसान्धानकर्मी चिञ्जिवि खनालले भन्नुभयो,–। ‘वन्यजन्तु उद्दार सामाग्री नहुँदा करिब दुई घण्टा लगाएर पासोमा फसेको वन्यजन्तुको उद्दार गरियो । उद्दार सामाग्री नहुँदा पटकपटक वन्यजन्तु उद्दार कार्यमा समस्या आउँने गरेको छ ।’
लाठी, जालीको प्रयोग गरेर वन्यजन्तुको उद्दार गर्दै आएको वन्यजन्तु अनुसान्धानकर्मी चिञ्जिवि खनालले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘उद्दार सामाग्री विना फिल्डमा खटिदा उद्दार कार्यमा ज्यान जना सक्ने भएकाले यस विषयमा डिभिजन वन कार्यालय देउखुरी, दाङले तत्कालै उद्दार सामाग्रीको व्यवस्थापन गर्न जरुरी देखिन्छ । उहाँले उद्दार सामाग्री नहुँदा हतियार विनाको सिपाही कहिले सम्म हुने हो? सम्बन्धीत वन कार्यालयलाई प्रश्न गर्नुभयो । विगतका वर्षदेखि नै कुरा उठ्दै आएपनि डिभिजन वन कार्यालय देउखुरी दाङले उद्दार सामाग्रीको व्यवस्थापन गर्न नसक्दा वन्यजन्तु उद्दार कार्यमा समस्या पर्नसका साथै कठिनाई भएको हो ।
विहिवार राती तिन बजे शिकारीले थापेको पासोमा एक हुँडार (हड्डि) बाघ फस्यो । त्यसलाई बेहोस बनाउन नसक्दा कम्तीमा दुई घण्टा के गर्ने भन्ने अलमल नै भयो । (हड्डि) बाघ छिटै उद्दार गर्ने अवस्था थिएन । रमिते धेरै भए तर काम गर्ने कोही भएन । अन्तत बल्लतल्ल लाठी, जालीको प्रयोग गरेर वनका कर्मचारी र नेपाली सेनाले उद्दार गरे । डार्टिङ गन हुन्थ्यो भने तत्काल बेहोस पारेर उद्दार गर्न सकिन्थ्यो, वन्यजन्तु अनुसान्धानकर्मी चिञ्जिवि खनालले भन्नुभयो ।’ ‘उद्दार सामाग्री नहुँदा गएर रमिते बन्नेभन्दा अरु केही उपाय हुदैँन । उद्दारमा कठिनाइ मात्रै होइन, वन्यजन्तुको अकालमा मृत्यु समेत हुने गरेको छ । नजिकैका जिल्लाहरुमा डार्टिङ गन छैन । टाढाबाट डार्टिङ गन लिएर आउन्जेल वन्यजन्तुको मृत्यु हुनसक्छ । वन्दोबस्तीको सामाग्री व्यवस्थापनको लागी तिनै तहका सरकारले पनि बेलैमा सोच्नुपर्छ । यसका लागी स्थानीय प्रशासन, राजनितिक दल, नागरिक समाजलेसमेत दबाब दिनुपर्ने हुन्छ ।’
यता डिभिजन वन कार्यालय देउखुरी दाङका सुचना अधिकारी प्रेमीला प्रसाद शाहले अहिले वन्यजन्तु उद्दारको लागी दुइवटा उद्दार खोर मात्रै भएको बताउनुभयो । उहाँका अनुसार घाइते अवस्थामा भेटिएका वन्यजन्तु उद्दारको लागी दुइवटा उद्दार खोर बाहेक अन्य उद्दार सामाग्री नभएको बताउनुभयो । घना वनजंगल भएको हुनाले लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रमा विभिन्न वन्यजन्तु पाइन्छ । दाङ जिल्लासंगै सटेको बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि अजम्मरी सामुदायिक वनमा थुप्रँै वन्यजन्तुहरु आउने गरेको वनका अध्यक्ष पवन रिजाल शर्माले बताउनुभयो । देउखुरी डिभिजन वन कार्यालय लमहीका वन अधिकृत पुरणप्रसाद चौधरी, रणसिंह दल गण अर्जुनखोला लमहीका सेनानी मनोज थापा, सहायक वन अधिकृत छोटेलाल चौधरी, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, वन्यजन्तु अनुसान्धानकर्मी चिञ्जिवि खनाल लगायतको टोली घटनास्थलमा पुगेको थियो । पासोमा मोटरसाइकलको क्लजको बाल्को तार प्रयोग गरिएको थियो ।।
फोटो क्याप्सनः लाठी, जालीको प्रयोग गरेर वन्यजन्तुको उद्दार गर्दै वन कर्मचारी र नेपाली सेना । तस्विर शिवु खनाल

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *