हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ?

शिवु खनाल
दाङ, ६ असार
दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी नोविट चौधरी सिकलसेलको बिरामी हुनुहुन्छ । शरिरमा रगत उत्पादन नभएपछि उहाँले प्रत्येक महिनाको पहिलो हप्ताभित्र लमही अस्पतालबाट शरिरमा रगत चडाउँदै आउनु भएको छ । शरिरमा रगत उत्पादन नभएपछि सिकलसेलको बिरामीले उमेर अनुसार रगत शरिरमा चडाउनुपर्ने हुन्छ । चौधरीको रगतको समुह ए पोजेटिभ हो । महिनापिच्छे लमही अस्पतालबाट शरिरमा रगत चडाउदै आउनु भएका चौधरीले असार महिनामा चडाउनुपर्ने रगत नपाएपछि नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीमा कार्यरत कार्यालय सहयोगी आशाकुमारी चौधरीले रगत दिने निधो गर्नुभयो ।
‘नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीबाट उहाँलाई आवश्यक परेको रगत लगेर चडाउदै आउनु भएको थियो तर, रगत अभावका कारण यसपटक उहाँलाई आवश्यक परेको रगत उपलब्ध गराउन नसक्दा मैले नै रगत दिने निधो गरेको हुँ,–। ‘नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीका कार्यालय सहयोगी आशाकुमारी चौधरीले भन्नुभयो,–। ‘उहाँको शरिरमा जम्मा पाँच पोइन्ट मात्रै रगत थियो । मैले भर्खरै रक्तदान गरेको थिए तर, रगतको समस्या देखेर समय नपुगेपनि रगत दिने निधो गरेको हुँ ।’ ‘मेरो रगतको समुह पनि ए पोजेटि हो, उहाँको स्वास्थ्य अवस्था देखेर समय नपुगेपनि रगत दिन मन लाग्यो, कार्यालय सहयोगी चौधरीले भन्नुभयो ।
रगतको अभाव हुन नदिन रक्तदान
देउखुरीका युवा ब्यवसायी ओमप्रकाश बसेलले आफ्नो २९ औं जन्मदिनका अवसरमा रक्तदान गर्नुभएको छ । बसेलले शनिवार बिहान लमही स्थित नेपाल रेडक्रस सोसाईटी लमही उप–शाखा पुगेर रक्तदान गरेका हुन । अनावश्यक फजुल खर्च गरेर मनाउनु भन्दा रगतको अभावमा ज्यान जोखिममा परेकालाई सहयोग गर्न आवश्यक देखिएकोले रक्तदान गरेको युवा ब्यवसायी बसेलले बताउनुभयो । ‘जिल्लामा पटकपटक रगतको अभावले ज्यान गुमाएको खबर सुन्ने गरिन्छ, त्यस्ता घटनामा हाम्रै गाउँघरका इष्टमित्र पनि पर्ने गर्छन्, त्यस्ता जोखिमयुक्त घटनाबाट सबै मुक्त हौं भनेर मेरो जन्मदिनमा आफुले पनि रक्तदान गर्ने र साथीभाईलाई पनि रक्तदान गर्नु पर्छ भनेर आग्रह गरे । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन्, ब्यवसायी बसेलले भन्नुभयो ।’
शनिवार तेह्रजनाको समुहले लमहीमा रक्तदान गरेको थियो । यता नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीका इञ्चार्ज मनिषकुमारी चन्दले लमही डायलाइसिस सेन्टर र लमही अस्पतालमाबाट बिरामीहरुले रगत लिनको लागी आयने गरेको जानकारी दिनुभयो । रक्तदान नै जिवन दान हो भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ जन्मदिनको अवसरमा रक्तदान गर्न विभिन्न व्यक्तीहरु आउने गरेको इञ्चार्ज चन्दले बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *