करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

सप्तरी असार ६ गते । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–३ का सञ्जिब लौगी छन् ।
शनिबार राती स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका सञ्जिबलाई करेन्ट लागेको थियो । बिजुलीको तारमा फलामको पाइपबाट सञ्जिबलाई करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताउनुभयो ।
उहाँका अनुसार भुइँमा छटपटाएको देखेर छोडाउन गएका उहाँका दाजु सुरेन्द्र र बचाइका छोरा शिवकुमार माझी पनि करेन्ट लागेर घाइते भएका छन् । घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ भने माझीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *