नेकपा एमाले दाङको १२ औँ भर्चुअल बैठक सम्पन्न

शिवु खनाल
दाङ, ६ असार
नेकपा एमाले दाङको १२ औ भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई २०७५ जेठ २ गते काे विधि पद्धति र संरचनामा लान माग गरिएकाे छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काकाे अध्यक्षता, नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपालकाे प्रमुख अतिथि तथा नेकपा एमालेका उपाध्यक्ष युबराज ज्ञवालिकाे विशिष्ट अतिथिमा आईतवार भर्चुअल बैठक सम्पन्न भएको हाे ।

आईतवार बसेकाे नेकपा एमालेकाे भर्चुअल बैठकले काेभिड १९ र बाढि पहिराेले डुबान समस्यामा परेकाहरूलाई राहत संकलन तथा वितरणकाे लागि नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काकाे संयोजकमा एकत्तिस सदस्य समिति निर्माण गरेको छ ।

काेभिड र बाढि पहिरोमा परि मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हाे । यस्तै बिरामी पार्टीका वरिष्ठ नेता जेए खनाल सहितको स्वास्थ्य लाभको कामना गर्नुका साथै पार्टीका संगठनिक र बाैचारिक काम सुचारु गर्ने ब‌ैठकले निर्णय गरेको हाे । बैठकमा दाङका सबै पाफिकाबाट पार्टीको गतिविधि बारे रिपोर्टिङ्ग गरिएकाे थियोे ।

बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणि चाैधरी, अनुसासन आयाेगका सदस्य अमर गिरी, केन्द्रिय सल्हाकार महेस चौधरी, प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण आचार्य लगायतले बाेल्नु भएको थियो । पार्टीको उप-सचिव सुरामनी बेल्वसेकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण सचिव हिराचन्द्र केसीले गर्नुभएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *