घोराहीको होटेलमा एक युवा मृत फेला

७-असार/ घोराहीमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी अन्दाजी ३५ वर्षिय आकाश खड्का रहेको प्रहरीले जनाएको छ । उनी सोमबार बिहान करिब ७ बजेतिर मृत अवस्थामा फेला परेको थिए । आइतबार बेलुका होटलमा बास बस्न आएका खड्काले अत्याधीक मापसे गरेर बोमिट गरेको फेला परेको उनले बताए । साथै घट्नाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *