दाङमा लकडाउन थप खुकुलाे

शिवु खनाल
दाङ, ८ असार
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको साेमबार बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । मंगलबारदेखि सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था विहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् ।

अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए । त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिनुभएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *