सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल

सुनसरी । नेपालकै प्रमुख इन्टरनेट र केवल नेटवर्क सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ ।

१५०० किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो ।

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनसँगै सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो, जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने बताइएको छ ।

अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

४०० जीबीपीएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफर्म अफरिङ, फोटोनिक सर्भिस ईन्जिन, दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग दैशभर जडान गरिएको छ ।

विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको बताइएको छ ।

नोकियाको ४०० जीबीपीएस सिंगल फाइबर सोलुसनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुसन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्दछ ।

यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *