निती तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठ सहित)

तुलसीपुर
९-असार/ दंगीशरण गाउापालिकाले मंगलबार निती तथा कार्यक्रम सार्वजनीक गरेको छ । नीती तथा कार्यक्रम सार्वजनीक गर्दै अधयक्ष भागीराम चौधरलिे स्थानीय स्तरमा कृषि पर्वद्धनका लागि ऐन निती निर्देशिका तयार पार्ने बताएका छन् ।

कृषिलाई प्राथमिक्तामा राख्दै पालीकाका सबै वडामा साना तथा मध्यम खालका कृषि ब्यवसाय संचालन गर्ने, खाधयान्न दलहन तथा तेलहन वालीका विउ उतपादनका लागि आवशयक कार्यक्रम निर्माण, बाझो जमीन उपयोगका लागि वीउ मल तथा आवशयक सामग्रीमा अनुदान, माटोको उर्वरा शक्ती सुधार गर्न माटोमा जैवीक पदार्थ बढाउादै लैजान माटो सुधारका लागि आवश्यक कार्यक्रम तथा जैवीक मल उतपादन तथा वितरण, उतपादन लागत घटाउन कृषि यन्त्र प्रयोगमा जोड तथा यनत्रमा अनुदान सहयोग, गुणस्तरीय उत्पादनका लागि सीपमुलक तालीम प्रदान, संकलन केन्द्रहरु निर्माण गर्ने,

कृषि वजार सुचना प्रणली स्थापना गर्ने, उतपादन बृद्धिका लागि विभीन्न विउ विजन वितरण, सिचाई सुविधाका लागि आवशयक कार्यक्रम निर्माण, दैनीक खानामा आयातीत उत्पादनको सट्टा स्थानीय उतपादनलाई प्रयोग गर्न प्रोत्साहन, माहुरी, च्याउ फर्म निर्माण तथा क्षेत्र विस्तारका लागि आवशयक कार्यक्रम , नगदे तथा मसला वाली उत्पादनका लागि आवश्यक कार्यक्रम निर्माण नितीमा समावेश गरेको छ ।

यस्तै पर्यटकीय क्षेत्रहरुको पहिचान झल्किने र अवस्थिति स्पष्ट देखिने गरी सार्वजनिक स्थानहरुमा नक्सा सहितका होडिङ बोर्डहरु राखिने , दंगीशरण गाउँपालिकाको गौरव राजा दङ्गीशरणसँग जोडिएको ऐतिहासिक स्थल दङ्गीशरणमा निर्माणाधीन दङ्गीशरण पार्क तथा थारु सांस्कृतिक ग्रामलाई राष्ट्रिय, अन्तर्रािष्ट्रय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी संघ र प्रदेश सरकार समेतको सहकार्यमा बृहत्तर आयोजना सञ्चालन गरिनेछ, दंगीशरण गाउपालिका भित्रका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्वनको माध्यमद्वारा पर्यटन प्रर्बधनमा जोड दिइने नीती तथा कार्यक्रममा समावेश गरिएको छ ।

सहकारीहरुको क्षमता विकासका लागि विभिन्न प्रवद्र्धधनात्मक तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने, सक्रिय सहकारीहरुलाई प्रोत्साहित गर्न आवश्यक क्षमता विकास र जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरिने, सहकारीहरुलाई उत्पादनसँग जोड्न प्रेरित गरिने, सहकारीले सञ्चालन गर्ने स्थानीय स्रोत साधनमा आधारित र रोजगारी सिर्जना गर्ने उद्योग व्यवसायहरुलाई प्रोत्साहित गरिने, स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रबर्धन गर्न सिपमूलक तालिमको व्यवस्था गरी उत्पादित बस्तुहरुको बजारीकरणको सुनिश्चितता प्रदान गरिने, वैदेशिक रोजगारी बाट फर्केका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी, रोजगारमुलक तथा स्वारोजगारमुलक कार्यक्रम संञ्चालन गरिने नीती तथा कार्यक्रममा समावेश गरिएको छ ।

आदरणीय यस गरिमामय सभाका सदस्यज्यूहरु ,
नेपालको संविधान, २०७२ ले दिएको संवैधानिक अधिकारको प्रयोग गर्दै, नेपालको संविधान, २०७२ कोे मर्म र भावनालाई आत्मसात गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कार्यादिशालाई ध्यान दिदै, सार्वभौमसत्ता सम्पन्न जनता र ती जनताका निर्वाचित जनप्रतिनिधिहरुको हैसियतले दंगीशरण गाँउपालिकाको आ।व २०७८/७९ को निति तथा कार्यक्रम यस गरिमामय गाँउसभा समक्ष प्रस्तुत गर्न पाँउदा मैले गौरवान्वित महसुस गरिरहेको छु।

सङ्घिय लोकतानत्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको सम्मान,दिगो विकास र शान्ति, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्नका लागि देशले लिएको समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकाङक्षालाई आत्मसाथ गर्दै, संघ र प्रदेश संगको समन्वय, सहअस्तित्व र सहकार्यमा दंगीशरण गाँउपालिकाले लिएको “हामि सवैको प्रणः समृद्ध दंगीशरणको” दिर्घकालिन सोच पुरा गर्नतर्फ प्रतिवद्ध रही दंगिशरण गाँउपालिकाको आ।व द्दण्ठडरठढ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

यस महत्वपुर्ण घडिमा नेपालको राष्ट्रियता , अखण्डता, स्वाभिमान र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्च प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर सहिद तथा अग्रज प्रति उच्च सम्मान व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणमा उहाँहरुले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु । यो सम्मानित गाउँसभाले पारित गरेका सबै नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु ।
गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ महामारीको दोस्रो लहर झनै भयावह रुपमा देखा परि जनस्वास्थका क्षेत्रमा गम्भीर समस्या पैदा गर्दा , हामिले यस क्षेत्रमा थप लगानी गर्नुपर्ने समस्या र चुनौती सिर्जना भएको छ। यस घडिमा कोभिड (१९ का कारण ज्यान गुमाउनु हुने मृतकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली तथा संक्रमित समपुर्ण दिदीवहिनी तथा दाजुभाइहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कोभिड (१९ को रोकथाम, उपचार र नियन्त्रणमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, जनप्रतिनिधी लगायत आ(आफ्नो ठाँउबाट स्वास्थ्य मापदण्डको पालना गरी सहयोग पुर्याउनुहुने सम्पुर्णमा विशेष धन्यवाद दिन चाहान्छु ।

सभाका सदस्यज्यूहरु
जनताको अमूल्य मतबाट निर्वाचित भएर आएको करिब चार वर्ष पुग्नै लाग्दा दंगीशरण गाउँपालिकाको विकास र समुन्नतिका लागि केही उल्लेख्य कार्य गर्न हामी सफल भएका छौँ भने स्थानीय सरकार सञ्चालनको नँया अभ्यास भएका कारण पनि कतिपय विषयहरु हाम्रा लागि सिकाईका विषय भए । शून्यबाट स्थापित भएको हाम्रो स्थानीय सरकार सञ्चालनको अभ्यासले हालसम्म आइपुग्दा केही आकार प्राप्त गरेको छ । सिमित स्रोत साधनको अधिक्तम उपयोग गरी यस बीचमा हामीले लक्ष्य अनुसारको हासिल गरेका उपलब्धीहरु वुँदागत रुपमा उल्लेख गर्ने अनुमती चाहन्छु ।
१. गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न विषयका कानुनहरु निर्माण गरी कार्यान्वयन प्रारम्भ गरेका छौँ ।
२. गाउँपालिका तथा सबै वडा कार्यालयहरुको व्यवस्थापन गरिएको छ । कार्यालयलाई सूचना प्रविधि मैत्री बनाउन सबै वडा कार्यालयहरुमा इन्टरनेट जडान गरिएको छ ।
३. आवश्यक पर्ने प्राविधिक लगायत अन्य जनशक्तिको व्यवस्था गरी कार्यसम्पादनलाई प्रभावकारी बनाइएको छ ।
४. स्वास्थ्य संस्थाहरुमा औषधी तथा ल्याबको व्यवस्था गरिएको छ ।
५. न्यायिक समिति मार्फत विभिन्न उजुरीहरुको किनारा लगाउने काम भएको छ ।
६. कृषिको उत्पादकत्व वढाउन किसानहरुलाई विभिन्न कृषि सामग्री तथा विउ विजन वितरण गरिएको छ ।
७. मूल सडकबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको स्तरोन्नतिको कार्य सम्पन्न भएको छ र विभन्न स्थानमा ट्रयाक खोल्ने तथा सडकको स्तरोन्नतिका कामहरु सम्पन्न भएका छन् ।
८. खानेपानी समस्या समाधानका लागि विभिन्न संघसंस्था तथा निकायहरुसँगको सहकार्यमा तथा गाउँपालिका आफैले गरी स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था गरिएको छ ।
९. विभिन्न स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी जनतालाई घरदैलोमा सेवा पुर्याउने प्रयास गरिएको छ ।
१०. विभिन्न स्थानमा विद्युत बिस्तारका कामहरु सम्पन्न भएका छन् ।
११. सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरी रोजगारी सिर्जनाको प्रयास थालिएको छ ।
१२. योजनावद्ध विकासको प्रयास स्वरुप गाउँपालिका यातायात गुरुयोजना वनाई कार्यान्वयनको चरणमा रहेको छ ।
१३. बहुउद्देश्यीय सभाहलको निर्माण कार्य सम्पन्न भएको छ भने,थारु कल्चरल भिलेज, , सित भण्डार केन्द्र, दमारगाउँ गोल्टाकुरी सडक, हेकुली विरेन्द्र स्कूल चौकदेखि चिरेगारसम्मको कालोपत्रे, हेकुली चौकदेखि बालुवा सडक कालोपत्रे, डाँडागाउँ वडा कार्यालयदेखि पोटली डवराहुँदै हेकुली सडकसम्म कालोपत्रे, बागरदेखि दामोदर सडक कालोपत्रे, लगायतका ठुला आयोजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
१४. स्वास्थ्य चौकि नभएका चार वटा वडाहरुमा स्वास्थ्य चौकि भवन निर्माणको कार्य सम्पन्न भएका छन् र प्रत्येक वडाहरुमा स्वास्थ्य सेवा केन्द्र खोली स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
१५। सवैजसो विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको कार्यलाई तिव्रता सिईएको छ।
१६।सामुदायिक विद्यालयवाट एस ई ई उत्तिर्ण गरी सामुदायिक विद्यालयमा कक्षा ११ र१२ मा विज्ञान विषय पढ्ने छात्रा छात्रा लाई छात्रवृतिको व्यवस्था गरिएको छ।
१७।साझेदारि संघियता सहयोग कार्यक्रमसंगको सहकार्यमा गाँउपालिकाको समग्र तस्विर प्रतिविम्ब हुनेगरी म्ष्नष्तब िउचयाष्भि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ , भने आवधिक योजना निर्माणको प्रकृया प्रारम्भ भएको छ।
१८।वागरमा ष्कयबितष्यल अभलतचभ स्थापना गरी कोरोना उपचार कार्य भइरहेको , जसमा ज्म्ग् वेड संख्या १५,साधारण वेड संख्या १० गरी जम्मा वेड संख्या २५, ५ थान अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर ४० थान रहेको छ।
हाल सम्म पहिचान भएका जम्मा सङ्क्रमितको संख्या २८४ रहेको छ र निको भई डिस्चार्ज भएको संख्या २५१ जना रहेका छन। पालिका भित्र रहेका प्रत्यक वार्डमा कोरोना सङ्क्रमित पहिचान गर्न ३८५ जनामा ब्लतष्नभल तभकत गरिएको छ।
१९। पूर्वाधार तर्फ गाँउपालिकामा प्रदेश, संघ र अन्य निकाय संगको सहकार्यमा पालिकाले कालोपत्रे वाटो जम्मा ज्ञण् किमी, नया ट्रायक निर्माण र सडक स्तरोन्नसति जम्मा द्दण् केमी सम्पन्न गरेको छ।
२०। कृषीको विकासको लागी ५४ वटा कम्वाइन मिल, २६ वटा पावर टिलर, द्द,घ,छ,ट,ठ वडामा मौरीको घार वितरण, धान, गँहु, वेसार,तरकारिका उन्नत तथा हाईव्रेड विउ , किटनासक तथा ढुँसी नासक विषादि वितरण जस्ता बिभिन्न कार्य गरिएको छ।
द्दज्ञ।दलित , भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी लालपुर्जा वितरणको लागी सात वटै वडामा लगत संकलन कार्य सम्पन्न गरी डाट ईन्ट्रीको काम भईरहेको छ।
द्दद्द।सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना रहेका घरपरिवारहरुलाई टिन वितरण कार्य सम्पन्न गरिएको छ।
सदस्यज्यूहरु
अव म गाउँपालिकाले आर्थिक वर्ष २०७८ ।०७९ मा अंगिकार गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
‘‘हामी सबैको प्रणः समृद्ध दंगीशरण’’ भन्ने दिर्घकालिन सोचका साथ सन्तुलित विकासको माध्यामबाट जनतामा समृद्धि हासिल गरी आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने प्रमुख लक्ष्य अनुरुप हाम्रा क्रियाकलापहरु संचालित हुनेछन् । उपयुक्त सोंच र लक्ष्यबाट क्रियाकलापहरुलाई निर्देशित गर्दै निम्न उद्देश्यहरु पूर्ति गर्ने तर्फ अग्रसर रहनेछौं ।
क. पूर्वाधारको विकास गरी आय आर्जनमा वृद्धि गर्ने
ख. गरिबी, कुपोषण, निरक्षरता उन्मुलन गर्ने ।
ग. सेवा प्रवाह लगायत विकास कार्यमा सुशासनको प्रत्याभूति प्रदान गर्ने ।
घ. शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच स्थापित गर्ने ।
ङ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण जोखिम कम गर्ने ।

जसबाट देहाय बमोजिमका उपलब्धीहरु प्राप्त गरी समृद्ध दंगीशरणको सपना साकार हुने अपेक्षा गर्दछु ।
१.कृषि र पशुपालनमा व्यवसायीकरण गरी उत्पादन दोब्बर गराउने ।
२. हरेक वडा कार्यालयसम्म यातायातको सहज पहुँच
३. हरेक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच
४. गुणस्तरीय र रोजगारमूलक शिक्षामा सबै बालबालिकाको पहुँच,
५. सिचाईको प्रर्याप्त व्यवस्था मिलाई उत्पादनमा बृद्धि गर्ने,
५. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण कम भइ जनजीवन सहज हुने,

सदस्य ज्यूहरु,
यो नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान २०७२ मा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धताहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घोषणापत्रहरु,दिगो विकास लक्ष्य, पन्ध्रौ पञ्चवर्षीय योजना, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र जनप्रतिनिधि तथा विज्ञहरुको राय सुझाव समेतलाई बार्षिक नीति तथा कार्यक्रम निर्माणका आधारका रुपमा लिएको छु ।
कोभिड १९ को परिदृष्यमा स्थानीय तहको बार्षिक बजेट कार्यान्वयन गर्दा गाउँ, टोल भेलाको आयोजना गर्दा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने देखि नागरिकको सहभागिताका बैकल्पिक विधिहरु अवलम्बन गर्ने व्यवस्था मिलाई भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी स–साना समूहमा छलफल गरी टोल विकास संस्था वा अन्य यस्तै प्रकृतिका सामूदायिक संस्थाहरु परिचालन गरी संचार तथा सूचना प्रविधिको उपयोग जस्ता विधि प्रयोग गर्ने व्यवस्था अबलम्बन गरिएको छ ।
साथै कोभिड १९ संक्रमणको व्यापकताले सिर्जना हुन सक्ने परिस्थतिको आंकलन गरी ष्कयबितष्यल अभलतचभ , राहत वितरण, सचेतना कार्यक्रम, सूचना तथा तथ्यांक संकलन तथा संप्रेषण जस्ता कार्यहरुका लागि बजेट विनियोजन गरिने छ ।
सदस्य ज्यूहरु
अब म क्षेत्रगत रुपमा गाउँपालिकाले अवलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क. आर्थिक विकास सम्बन्धि नीतिः
अ. कृषि तथा पशुपन्छीः
१।स्थानिय स्तरमा कृषि प्रवर्दनका लागी ऐन निति निर्देशिका तयार पार्ने ।
२।पालिकाका सवै वडामा साना तथा मध्यम खालका कृषि व्यवसाय स्थापना सहयोग गर्ने ।
३।खाद्यान्न दलहन तथा तेलहन वालीका वीउ उत्पादनका लागी आवश्यक कार्यक्रम निर्माण ।
४।वाँझो जमिन उपयोगका लागी वीउ मल तथा आबस्यक सामाग्रीमा अनुदान ।
५।माटोको उर्वरा शक्ति सुधार गर्न माटोम जैवीक पदार्थ वढाउदै लैजान माटो सुधारका लागी आवस्यक कार्यक्रम तथा जैवीक मल उत्पादन तथा वीतरण ।
६।उत्पादन लागत घटाउन कृषि यन्त्र प्रयोगमा जोड तथा यन्त्रमा अनुदान ।
७।वजार माग तथा आपुर्ति अवस्था विस्लेषण गरी कृषकलाई मागमा आधारीत उत्पादन कार्यक्रम अनुदान सहयोग ।
८।गुणस्तरीय उत्पादनका लागी सीपमुलक तालिम प्रदान ।
९।संकलन केन्द्रहरु,कोल्ड स्टोर ,गोदाम घर निर्माण ,खुद्रा तथा थोक खरिद केन्द्रहरु९हाट वजार कृषि प्रदशनी० निर्माण गर्ने ।
१०।कृषि वजार सुचना प्रणाली स्थापना गर्ने ।
११।उत्पादन वृर्दिका लागी विभिन्न विउ विजन वितरण ।
१२।सिचाई सुविधाका लागी आवस्यक कार्यक्रम निर्माण ।
१२।दैनिक खानामा आयातित उत्पादनको सट्टा स्थानिय उत्पादनलाई प्रयोग गर्न प्रोत्साहन ।
१३।माहुरी,च्याउ फार्म निर्माण तथा क्षेत्र विस्तारका लागी आवस्यक कार्यक्रम ।
१४।नगदे तथा मसला वाली उत्पादनका लागी आवस्यक कार्यक्रम निर्माण ।
१५।दंगीशरण गाउँपालिका भित्र क्रियाशील कृषि समुह र सहकारीहरु समेतको सहकार्यमा व्यवसायिक जीविकोपार्जन गर्न सीप र ज्ञानको विकास गरिनेछ ।
१६। गाउँपालिकामा फलफूल खेतीको विकास विस्तारका लागि वागवानी नर्सरी स्थापना तथा विरुवा वितरण गर्ने कार्य सञ्चालन गरिनेछ ।
१७। खाध्यान्न वालिको उन्नत विऊ उपयोगमा मुल्य अनुदान,उन्नत विऊ वितरकलाई प्रोत्साहान अनुदान,उन्नत विउ उपयोग अनुगमन निरिक्षण गरिनेछ।
१८। पशु नश्ल सुधार गरी उन्नत जातका पशुको विस्तार मार्फत उत्पादकत्व बृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
१९ बिभिन्न माहामारी रोगहरु (ज्क्द्यत्त,ँःम्,एएच्,क्धष्लाभखभच) उपचार तथा नियन्त्रण गर्नका लागी भ्याक्सीनेटर खोप सेवा संचालन गरिनेछ ।
२० पशु व्यवसायलाई व्यवसायिकरण गर्न पशुआहारा बिकास कार्यक्रम संचालन गरिनेछ।
२१ माछामा आत्मनिर्भर वनाउन मत्स्य बिकास कार्यक्रम संचालन गरिनेछ।
२२ दुध तथा मासु उत्पादन गर्ने कृषकहरुकालागी क्षमता अभिबृदिका लागी विभिन्न तालीमहरुको ब्यवस्था गरिने छ ।
आ. उद्योग तथा वाणिज्यः
१. गाउँपालिकामा उत्पादित कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

इ. पर्यटन ः
१. पर्यटकीय क्षेत्रहरुको पहिचान झल्किने र अवस्थिति स्पष्ट देखिने गरी सार्वजनिक स्थानहरुमा नक्सा सहितका होडिङ बोर्डहरु राखिनेछ ।
२. दंगीशरण गाउँपालिकाको गौरव राजा दङ्गीशरणसँग जोडिएको ऐतिहासिक स्थल दङ्गीशरणमा निर्माणाधीन दङ्गीशरण पार्क तथा थारु सांस्कृतिक ग्रामलाई राष्ट्रिय, अन्तर्रािष्ट्रय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी संघ र प्रदेश सरकार समेतको सहकार्यमा बृहत्तर आयोजना सञ्चालन गरिनेछ ।
३. दंगीशरण गाउपालिका भित्रका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्वनको माध्यमद्वारा पर्यटन प्रर्बधनमा जोड दिइनेछ ।

ई. सहकारी, रोजगारी, उद्यमशिलता तथा वितीय क्षेत्रः
१. सहकारीहरुको क्षमता विकासका लागि विभिन्न प्रवद्र्धधनात्मक तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२. सक्रिय सहकारीहरुलाई प्रोत्साहित गर्न आवश्यक क्षमता विकास र जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरिनेछ ।
३. सहकारीहरुलाई उत्पादनसँग जोड्न प्रेरित गरिनेछ ।
४. सहकारीले सञ्चालन गर्ने स्थानीय स्रोत साधनमा आधारित र रोजगारी सिर्जना गर्ने उद्योग व्यवसायहरुलाई प्रोत्साहित गरिनेछ ।
५. स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रबर्धन गर्न सिपमूलक तालिमको व्यवस्था गरी उत्पादित बस्तुहरुको बजारीकरणको सुनिश्चितता प्रदान गरिनेछ ।
६. वैदेशिक रोजगारी बाट फर्केका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी, रोजगारमुलक तथा स्वारोजगारमुलक कार्यक्रम संञ्चालन गरिनेछ ।

उ। श्रम तथा रोजगारी
१। रोजगार सेवा केन्द्र मार्फत वेरोजगार व्यक्तिहरुको लगत संकलन गरी उचित रोजगारी प्रदान गर्नको लागी श्रम वैंकको स्थापना गरिनेछ।
२। रोजगार सेवा केन्द्रमा सूचिकृत भएका वेरोजगारहरुलाई न्युनतम १०० दिनको रोजगारी सुनिश्चित गरिनेछ ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी वनाउनको लागी स्थानिय तहवाट समेत लागत साझेदारी गरिनेछ ।
३। स्थानिय स्तरमा संचालन हुने सडक, सिचाई, पुल , भवन, नदि नियन्त्रण लगायतका संघ, प्रदेश र स्थानीय तहका योजना तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा सुचिकृत च्यक्तिलाई काममा लगाउन पर्ने गरि खरिद सम्झौता गर्नुपर्ने व्यवस्था मिलाईनेछ ।
४। प्रधानमन्त्री रोजगार कार्यक्रमसंग समन्वय गरी सूचिकृत भएका वेरोजगार व्यक्तिहरुलाई सिपमूलक तालिमहरु समेत प्रदान गरिनेछ ।

ख. सामाजिक विकास सम्बन्धि नीतिहरुः

अ.शिक्षा ः
१ न्युनतम विद्यार्थी संख्या पुगेका र अंग्रेजी गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापनका लागि आधारभूत तह ६ ८ र मा वि तह ९ र १० सञ्चालित विद्यालयलाई एकमुष्ट अनुदान उपलब्ध गराइने छ ।
२ शिक्षण सिकाइ सुदृढिकरण अनुकुल भौतिक पूवार्धार र प्रविधिको विकासमा जोड दिइने छ ।
३ विद्यार्थीको पठनपाठनमा गुणस्तर कायम गर्न शिक्षकहरुलाई विद्यार्थीको सिकाइप्रति जवाफदेही हुने वातावरण सिर्जना गरिने छ ।
५ शिक्षकहरुको नियमिततालाई प्रभावकारी बनाउन मासिक हाजिरी विवरण विव्यस अध्यक्ष वडाअध्यक्षबाट प्रमाणित गर्ने व्यवस्था मिलाइने छ ।
६ भूगोल र विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयको कक्षा समायोजन गर्ने नीति लिइने छ ।
७ कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धीमा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाइने छ ।
८ विद्यालयको वातावरण सिकाइमैत्री बनाउन आवश्यक लगानी गरिने छ ।
९ सामुदायिक विद्यालयबाट कक्षा १० उत्तर्ण भई सामुदायिक विद्यालयमा नै कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई मासिक छात्रवृतिको व्यवस्था मिलाइने छ ।
१० संविधानको भावनाअनुसार निशुल्क शिक्षा सुनिश्चितताको लागि विद्यार्थी संख्याका आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराइने छ ।
११ कक्षा १ देखि १० सम्म गणित र विज्ञान विषय अंग्रेजी माध्यामबाट पठनपाठन गराउने विद्यालयलाई प्रोत्साहन अनुदान उपलब्ध गराइने छ ।
१२ प्राविधिक धार सञ्चलन भएका विद्यालयमा साझेदारीमा उद्यम क्रियाकलाप सञ्चालनका लागि अनुदान उपलब्ध गराइने छ यसबाट अध्ययनरत विद्यार्थीहरुमा उद्यम सीप विकास भइ रोजगारीको अवसर सिर्जनामा मद्त पुग्नेछ ।
१३ शैक्षिक क्यालेण्डर अनुसार पठन(पाठन, विदा र परीक्षामा एकरुपता कायम गरिने छ ।
१४ विद्यालयको आर्थिक पारदर्शिता तथा मूल्यांकन प्रणालीमा प्रविधिको प्रयोग गरिने छ ।
१५ दैनिक पठनपाठन तथा शैक्षिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने छ ।
१६ प्रारम्भिक वालविकास कक्षामा अध्यापन गराउने सहजकर्ता र विद्यालय कर्मचारीका लागि संघीय सरकारको नीति बमोजिम थप तलब भत्ता उपलब्ध गराइने छ ।
१७ कोभिड १९ का कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नहुन्जेल वैकल्पिक विधि अपनाइ शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिइनेछ ।
१८। विद्यालयमा लैङ्गिक हिम्सा , वालविवाह न्युनिकरणका लागी हाजिरिजवाफ निवन्ध र वक्तृत्वकला जस्ता जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ।
आ. स्वास्थ्य ः
ज्ञ।संघिय सरकारवाट प्राप्त ससर्त कार्यक्रम र वजेट संग तालमेल हुने गरी सर्वव्यापी पहुँचको अवधारणा अनुसार पालिकावासीलाई निशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिनेछ ।
द्द।गाउँपालिका वासीलाई प्रदान गरिने स्वास्थ्य सेवालाई व्यवस्थित गरी थप गुणस्तरिय र प्रभावकारी वनाउन गाँउपालिकाको स्वास्थ्य निती र स्वास्थ्य ऐन तर्जुमा गरी कार्यान्वयन गरिने छ।
घ।महिला स्वास्थ्य स्वयमसेविकाको सेवालाई थप प्रभावकारी वनाउन प्रोत्साहन गरिने छ।
द्ध।महामारी रोग नियन्त्रण गर्न कोरोना कोषमा आवश्यक रकम व्यवस्था गरिनेछ।
छ।गाँउपालिका भित्रको घ वटा स्वास्थ्य संस्थामा एम्वुलेन्स, प्रयोगशाला, सुत्केरी सेवा, निशुल्क औषधी सेवा सुविश्चित गरिने छ र अन्य द्ध वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रवाट आधारभूत स्वास्थ्य सेवा र कार्यक्रमलाई प्रभावकारी वनाईनेछ।
ट। बागर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी ,२५ सैयाको अस्पताल निर्माण कार्यलाई तिव्रता दिई थप व्यवस्थित गर्नका लागी संघीय सरकार तथा प्रदेश सरकार समक्ष आवश्यक पहल गरिनुका साथै अन्य स्वास्थ्य संस्थाहरुको स्तरोन्नतिका लागि विशेष पहल गरिनेछ ।
७। औलो, क्षयरोग, सिकलसेल एनिमिया तथा किशोरीहरुमा हुने रक्तअल्पता जस्ता समस्याको निराकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
८। स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउनुका साथै स्वास्थ्य संस्थामै सुत्केरी गराउने दरलाई सतप्रतिशत पुर्याउने गरी सचेतना वा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
९।. विद्यालय पोषण कार्यक्रम, सुत्केरी तथा बालबालिका लक्षित पोषण कार्यक्रम लगायतका पोषण लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाका रुपमा स्थापित गरिनेछ
१०।. सबै गाउँबासीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउनका लागी सरकारसँग आवश्यक समन्वय तथा पहल गरिनेछ र नागरिकहरुले भ्याक्सिन लगाएको सुनिश्चित गर्न अभियान चलाइनेछ ।
११।. यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चित गर्नका लागी विद्यलयहरुमा साथी शिक्षकहरुको व्यवस्था गरिनेछ ।
१२। यौन तथा प्रजनन् स्वास्थ्यलाई ध्यानमा राखेर प्याड बितरण तथा ब्यवस्थापनको लागी इन्सीनेटरकोे ब्यबस्था गरीनेछ ।
१३। स्वास्थ्यमा सबै जनताको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।
१४।. स्वच्छ वातावारण स्वस्थ्य चिन्तन अभियान सञ्चालन गरी सरसफाईँलाई विशेष जोड दिइनेछ ।
इ. खानेपानी तथा सरसफाई ः
१. स्वच्छ खानेपानी तथा सरसफाईको सरल, सहज रुपमा सबै गाउँबासीहरुलाई सुलभ रुपमा व्यवस्था गरीनेछ ।
२. दलित, अल्पसंख्यक जाती मध्ये आर्थिक रुपमा विपन्न वर्गहरुलाई खानेपानी वितरणमा प्रयोग हुने सामाग्री निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
३। खानेपानीसँग सम्वन्धित आयोजनाहरु सञ्चालन गरिनेछ।
४। वास संग सम्वन्धित वास प्लानका वाँकि कामहरु सम्पन्न गरिनेछ।
५। डिप वोरिङ निर्माण एवं सञ्वालन गरिनेछ।
ई. परमपरागत संस्कृती संरक्षण तथा सम्र्वद्धनः
१. थारु सांस्कृतिक महोत्सब लगायत अन्य सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी थारु संस्कृतिको प्रवद्र्धनका लागि विशेष पहल गरिनेछ ।
२. थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास गर्दै पर्यटन प्रवर्दधन र आर्थिक समृद्धिसँग जोड्ने गरी गाउँपालिका भित्र थारु होम स्टे सञ्चालनमा ल्याइनेछ ।
३. पर्यटकिय क्षेत्रहरुको पहिचान झल्किने र अवस्थिति स्पष्ट देखिने गरी सार्वजनिक स्थानहरुमा नक्सा सहितका होङिङ्ग बोर्डहरु राखिनेछ ।
४. थारु समुदायमा रहेका महतँवाहरुले गरेको कामहरुको लिखित दस्तावेजीकरण गरिनेछ ।
५। थारु समुदायमा रहेका मौलिका परम्परा , गित, संकृतीहरु लिपिवद्ध गरिनुका साथै डकुमेन्ट्री प्रकाशन गरिनेछ।
उ. लैगिंक समानता तथा सामाजिक समावेशिकरण ः
१. दंगीशरण गाउँपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि निति तथा कार्यक्रम कार्यान्वयनमा सम्बद्ध सरोकारवालाहरुको संस्थागत क्षमता अभिवृद्धी गरीनेछ ।
२. दंगीशरण गाउँपालिकामा सामाजिक सद्भाव सुमधुर बनाउन तथा विद्यमान सबै प्रकारका भेदभावजन्य प्रचलन तथा व्यवाहारलाई अन्त्य गर्न विभिन्न चेतनामुलक कार्यक्रमहरु संञ्चालन गरीनेछ ।
३. हिंसा प्रभावित र लक्षित वर्गको आर्थिक सशक्तिकरण तथा क्षमता अभिवृद्धीका लागी सिपमुलक तथा रोजगारमुलक कार्यक्रमहरु संञ्चालन गरी पूर्नस्थापना गरीनेछ ।
४. वाल विवाह तथा लैगिंक हिंसा न्यूनीकरण का लागी दंगीशरण गाउँपालिकाको ७ वटै वडाहरुमा चेतनामुलक कार्यक्रमहरु संञ्चालन गरीनेछ ।
५. दंगीशरण गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउनको लागी वडा नं ३ लाई नमुनाको रुपमा
छनोट गरी कार्यक्रम संञ्चालन गरीनेछ ।
६. दंगीशरण गाउँपालिकाको समाजिक समावेशि विकासको अभियानलाई सार्थक बनाउन महिला, अपाङ्ग, जेष्ठ नागरीक, वालवालिका आदी वर्गको लागी विशेष कार्यक्रमहरु संञ्चालन गरीनेछ ।
७. लैङिक समानता तथा समाजिक समावेशीकरण निति प्रकाशन तथा कार्यान्यनको कार्य अगाडी वढाइनेछ।
८. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निति स्विकृत गरी सो निति कार्यानवयनको लागी समिती तथा उप समिती गठन गरिने छ ।
९. पालिकाको योजना तथा सेवा प्रवाहलाई लैगिक तथा समावेशि वनाउनका लागि हरेक वर्ष लैगिंक समानता तथा समाजिक समावेशिकरण परिक्षण (न्भ्क्क्ष् ब्गमष्त० गरिनेछ ।
१०. पालिका स्तर ,वडा स्तर तथा समुदाय स्तरमा गठन गरिने विभिन्न समितिहरु, उपसमितिहरु, उपभोक्ता समिति, दण्ड प्रभावित, समुह, संजालमा महिला ,दलित, अपाङ्गता भएका व्यक्तिहरु, यौनिक अल्पसंख्यक, सिमान्तकृत तथा पछाडि पारिएका वर्ग र समुदायको समानुपातिक र समावेशि सहभागिताको आधारमा प्रतिनिधित्व तथा सहभागिताको सुनिश्चित गरिने छ ।
११ लैगिंक हिंसा, सार्वजनिक स्थलमा महिला तथा किशोरी माथि हुने हिंसा, मानव वेचविखन लगायतका हानीकारक परम्परागत अभ्यास (वालविवाह, वहु विवाह, बोक्सी प्रथा, छुवाछुत) तथा अपराधजन्य कार्यलाई न्यूनीकरण र निरूत्साहित गर्न शुन्य सहनशीलताको नीति लिइनेछ ।
१२. लैगिंक समावेशीताको आधारमा मनोविर्मशकर्ता र मनोविमर्श केन्दको व्यवस्था गरि कार्यान्वयन गरिनेछ ।
१३ दण्ड प्रभावितहरुको तथ्यांक संकलन गरी उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारमा पहुँच भएको सुनिश्चित गरिने छ ।
१४ महिला वालवालिका अपाङ्गता भएका व्यक्ती ज्येष्ठ नागरिक र यौनिक तथा लौंगिक अल्पसङ्ख्यकहरुका तत्याङ्क संकलन र अध्यावधिक गरिने छ।
ऊ। युवा तथा खेलकुद
१।स्काउटिङ अभियानलाई विकास र विस्तार गराउन सहयोग गरिनेछ।
२।युवाहरुलाई खेलकुद तर्फ आकर्षित गर्न खेलकुद गतिविधिहरु वढाईनेछ।
ग. पूर्वधार विकास सम्बन्धि नीतिहरुः
अ.स्थानीय सडक, पुल तथा झोलुंगे पुलः
१. ‘‘पूर्वाधार, समुन्नतिको आधार, विकास जनताको अधिकार’’ भन्ने मान्यतालाई आत्मसाथ गरी विभिन्न क्षेत्रका पूर्वाधार विकासलाई विषेश प्राथमिकता दिइने छ ।
२. गाउँपालिकाका वडाहरुबाट गाउपालिकाको केन्द्रसँग जोड्ने सडकहरुको निर्माण, स्तरोन्नति तथा क्रमशः कालोपत्रे गर्दै लगिनेछ ।
३. वडा कार्यालयहरुको भवन

निर्माण कार्यलाई तिव्रता दिई आफ्नै भवनवाट सेवा प्रवाह गरिनेछ।
४. गाउँपालिकाको बृहत्तर विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन, दीर्घकालीन लक्ष्यसहितको गुरुयोजना तयार गरी विगतको अभ्यासमा रहेका टुक्रे योजनाहरुमा बजेट विनियोन गर्ने परम्परालाई अन्त्य गर्दै पूर्वाधार विकासमा केही ठुला र विशेष महत्वका योजनाहरु सञ्चालनमा ल्याइनेछ ।
५. सञ्चालनमा रहेका भौतिक योजनाहरुको निरन्तर सञ्चालनका लागि, मर्मत सम्भार कोषको स्थापना गरिनेछ ।
६. जनताको अपेक्षासँग प्रत्यक्ष रुपमा जोडिएको सडक पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिनेछ । सञ्चालित सडक योजनाहरुको स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ । सडक तथा अन्य भौतिक पूर्वाधारको विकास र स्तरोन्नतिमा स्थानीयको लागत सहभागितामा जोड दिदै साझेदारी विकासलाई प्रोत्साहन गरिने छ ।
७. विभिन्न स्थानमा पुल निर्माणका लागि संघीय तथा प्रदेश सरकारमा पहल गरिनेछ ।
८. दंगीशरण गाउँपालिकाका सबै बस्तीलाई समेट्ने गरी चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरी प्रदेश तथा संघीय सरकारको सहयोगमा कार्य प्रारम्भ गरिनेछ र सडक लगायतका भौतिक पूर्वाधारको मापदण्ड निर्धारण गरिनेछ ।
९. उपभोक्ता समितिहरुलाई योजना सम्पन्न गर्न अपनाउनु पर्ने विधि प्रकृया लगायतका सम्पूर्ण विषयमा जानकारी हुने गरी प्रारम्भमै तालिम दिने व्यवस्था मिलाइनेछ । उपभोक्ताहरुले बुझ्ने गरी नेपाली अङ्ग्रेजी दुबै भाषामा लगत स्टिमेट तयार पार्ने व्यवस्था मिलाइनेछ ।
आ.सिचांई तथा उर्जा
१. सिचाई पुर्वाधार वढाउन आवश्यक व्यवस्था गरिनेछ ।
२. विद्युत नपुगेको ठाँउमा पोल तथा तार विस्तारको काम अघी वढाईनेछ।
३। सिचाई सुविधा नभएका स्थानहरुमा लिफ्ट सिचाँइको व्यवस्था गरिनेछ भने परम्परागत रुपमा रहेका कुलोहरुलाई पक्की वनाई सिचाईलाई सहज पारिनेछ।
द्ध। सुख्या मौसममा सिचाँईको व्यवस्था गर्नका लागी कुवा, वाँध, सिचाँई ड्याम पोखरि निर्माण गरिनेछ।
इ. भवन तथा सहरी विकास
१. भवन मापदण्ड तथा भवन आचारसंहिता लागुगरि घर नक्सापास, घर अभिलेखिकरण तथा घर नियमित गर्ने कार्यलाई थप प्रभावकारी वनाईनेछ।
२। वाढी प्रभावित क्षेत्रको जोखिममा रहेका भवनहरुको संरक्षण गरिनेछ।
घ. वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि नीतिहरुः
१. स्थानीय विपद जोखिम न्यनीकरण रणनितिक कार्ययोजना तथा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तयार गरि जोखिमलाई न्यूनिकरण गर्दे लगिने छ । साथै स्थानीय विपद तथा जलवायु उत्थानशील योजना ९ीम्ऋच्ःए) तर्जुमा गरि कार्यान्वनमा ल्याउनेछ । यस्ता योजना तयारी तथा कार्यान्वयन गर्न विकास साझेदार सस्थाहरु संग सहकार्य गरिनेछ ।
२. दंगीशरण गाउँपालिकाको योजनाबद्ध विकास गरी सुन्दर दंगीशरण निर्माणका लागि भू–उपयोग नीति तयार गरी कार्यान्वयन प्रारम्भ गरिनेछ ।
३. स्थानीय तहभित्र रहेका बाँझो जग्गाहरुको एकिकृत तथ्यांक संकलन गरी सो को पूर्ण उपयोगको व्यवस्था मिलाउन भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न सहजीकरण गरी यस्तो कार्यलाई प्रोत्साहन गर्न ऋण सहुलियत तथा अनुदान लगायतका व्यवस्था मिलाइने छ ।
४. कोभिड १९ बाहेकका विपदहरुको रोकथाम तथा न्यूनिकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनलार्भका कार्यक्रम संचालन गर्न स्थानीय विपद व्यवस्थापन र कोरोना कोषमा आवश्यक बजेटको व्यवस्था गरी विपद् जोखिम न्यूनीकरणका लागि चेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
५. नदी कटानको जोखिम न्यूनीकरण गरी बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाको लागि कटान युक्त क्षेत्रमा प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा तटबन्ध निर्माणको कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
६. पानीको मुहान र जलाधार क्षेत्र संरक्षणको कार्यलाई प्राथमिकता दिइनेछ ।
७. फोहरमैला व्यवस्थापनको उचित प्रवन्ध मिलाइनेछ । सरसफाई तथा फोहरमैला व्यवस्थापनका सन्दर्भमा विभिन्न सूचकहरु निर्धारण गरी सरसफाईयुक्त नमूना बस्ती घोषणा गरिनेछ र यस्ता बस्तीहरुलाई विशेष रुपमा प्रोत्साहित गरिनेछ ।
८। समृद्धीका लागि वनको दिगो व्यवस्थापन,भन्ने मुल नारालाई आत्मसाथ गरिनेछ।
९। जलवायू परिवर्तन, अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धि तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिने र विपद प्रभावित क्षेत्रहरुवाट तथ्याङ्क संकलन गरि आवश्यक राहतको लागि व्यवस्था गरिने छ।
ङ. संस्थागत विकास तथा सेवा प्रवाह सम्बन्धि नीतिहरुः
अ. क्षमता विकास तथा सेवा प्रवाहः
१. स्थानीय तह संस्थागत स्वमूल्यांकन निर्देशिका, २०७७ ले तय गरेका सूचकहरुमा देखिएका राम्रा अभ्यासहरुलाई निरन्तरता दिदै सुधार गर्नुपर्ने क्षेत्रहरु पहिचान गरि क्षमता विकास योजना तयार गरिनेछ र त्यसको कार्यान्वयमा तिव्रता ल्याइनेछ ।
२. पालिकाको समग्र योजनाबद्ध विकासको लागी मध्यकालिन खर्च संरचना सहितको आवधिक योजना निर्माण गरि यसैका आधारमा विषयगत रणनितिक योजना तथा वार्षिक योजना तयार गर्ने पद्धतिको विकास गरिनेछ ।
३. कर्मचारी प्रशासनलाई जवाफदेही, उत्तरदायी, प्रतिस्पर्धी र उत्प्रेरित गर्न कर्मचारीको मनोबल उच्च बनाउन गाउँपालिकाको काम कारबाही प्रकृयालाई चुस्त, दुरुस्त, मर्यादित र समयमै सम्पादन योग्य, बनाउने कर्मचारीको कामको तथ्यपरक मूल्याङ्कन गरी उत्कृष्टताका आधारमा गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप पुरस्कृत तथा सम्मान उपलब्ध गराउने नीति लिइनेछ ।
४. गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास गर्न विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
६.गाउँपालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन कार्यपालिका तथा सभाबाट गठित विभिन्न समितिहरुलाई जिम्मेवारी तोकी क्रियाशील बनाईनेछ ।

७. सुचना माथि सरल र सहज बनाउनका लागीको लागी पालिकाको बिद्युतिय पाश्र्वचित्र (म्ष्नष्तब िउचयाष्भि) निर्माण गरि पालिकाको वेवसाइटमा राखिने छ ।

८. पालिका भित्र रहेका सबै टोलहरु समावेश गरेर टोल विकास संस्था गठन गरि योजना तर्जुमा, उपभोक्ता समिती गठन, सार्वजनिक परिक्षण तथा अनुगमन कार्यमा परिचालन गरिनेछ ।
९. स्थानिय पालिका भित्र रहेका विभिन्न सामुदायिक संस्थाहरुको संस्थागत विकास गरीनेछ ।
१०।पालिकाको लागी आवश्यक पर्ने बिभिन्न निती, ऐन, कार्यविधि, निर्देशिका, नियम वनाउदा संघ, प्रदेश , बिभिन्न संघ संघ सस्थाहरु र स्थानिय वुद्धिजिवि तथा सरोकारवाला संगको सहकार्य र समन्वयमा वनाईनेछ।
आ. न्यायिक कार्य सम्पादन ः
१. न्यायिक काम कारवाहीलाई छिटो छरितो सरल, सहज र कम खर्चिलो रुपमा समाजमा हुने विवादलाई मेलमिलापको माध्यम बाट विवाद समाधान गरीनेछ ।

२. मिलापत्र भएको विवादहरुको कार्यान्वयनको पक्षका बारेमा वडा स्तरमा निगरानी समुह परिचालन गरीनेछ ।
३. ७ वटै वडा कार्यालयमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापको माध्यम बाट विवाद समाधानमा जोड् दिइनेछ र व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।

४. मेलमिलापकर्ता नभएको वडाहरुमा रोस्टरमा मध्यस्तकर्ता राखिएको मेलमिलापकर्ता सुचिकृत नभए सम्म सोलाई निरन्तरता दिइनेछ ।

५. मेलमिलाप कर्तालाई मिलमिलाप सम्वन्धी प्रक्षिक्षणको व्यवस्था गरिनेछ।
६. हिंसा प्रभावित महिला, बालबालिका र जेष्ठ नागरीकहरुलाई सुरक्षित आवास (सेफ हाउस) अल्पकालिन रुपमा सुरक्षित बाँस, छोटो अवधिको सिपमुलक तालिम लगायत अन्य कार्यक्रम संञ्चालन गरीनेछ ।

७. लैगिक विभेदमा आधारित हिंसाका घट्नाहरु अभिलेखिकरण र विश्लेषण गर्ने र हिंसा सम्बोधन गरिनेछ ।
८. न्यायिक समितीलाई लैगिक हिंसा भित्रको संवेदनशिलतालाई व्यवस्थापन गर्नका लागी क्षमता अभिवृद्धि गरिनेछ ।
इ. सूचना प्रविधि तथा संञ्चार ः
१. पालिकाका सेवा र सूचनाहरु अनलाइन मार्फत प्रशारण गर्ने र वडा कार्यालयबाट उपलब्ध हुने सेवा सुविधाहरुलाई विद्युतीय प्रणालीबाट उपलब्ध गराउने व्यवस्थालाई अझ प्रभावकारी बनाईनेछ ।

२. सेवा प्रवाहमा टोकन प्रणाली, सार्वजनिक सुनुवाई, जनतासँग जनप्रतिनिधिको प्रत्यक्ष संवाद रेडियो कार्यक्रम, डिजिटल नागरिक वडापत्र, डिजिटल नोटिस बोर्ड र सामाजिक सञ्जाल लगायत विविध प्रविधिसँग जोडिनेछ ।
३. सूचना प्रविधिको उच्चतम प्रयोग सम्बन्धी वडा स्तरमा गई जनमानसमा सचेतनामूलक र अभिमुखीकरण कार्यक्रम गरिनेछ ।
४. पालिकाको सूचना प्रवाहका लागी एकद्वार प्रणाली अपनाईनेछ र सुचना अधिकारी मार्फत जानकारी गराई सुचना प्रदान गरिनेछ ।
५. पालिकामा बनेका ऐन, नियमावली, कार्यविधिहरु वेवसाइडमा राखिनेछ ।
६. सुचनाको हकको प्रत्याभूति गराउदै गाउँपालिकाभित्र एक विद्युतीय सूचना केन्द्रको स्थापना गरिनेछ ।

ई. पञ्जीकरण, स्थानीय तथ्यांक संकलन र अभिलेख व्यवस्थापनः
१. गाउँपालिकालाई आवश्यक पर्ने तथ्यांकहरु संकलन गर्न सम्वन्धित शाखा र सहयोगी संघ संस्थहरुको सहकार्यमा दस्तावेजिकरण गरिने छ ।
२. भू उपयोग तथा व्यवस्थापन अन्र्तगत पालिका भित्र रहेको भुमि व्यवस्थाको समग्र स्थिती पहिचान गरी एकिकृत अभिलेख राख्ने कार्यको थालनी गदै वडाभित्रका सार्वजनिक जग्गाको खोजी गरी संरक्षण गरिनेछ ।
३. जमिनको खण्डीकरण गर्ने र जमिनलाई बाँझो छोड्ने कार्यलाई अनुसन्धान गरी निरुत्साहित गरिनेछ ।
४।सामाजिक उत्तरदायित्वलाई वढवा दिन नागरिक समाज, सामुदायिक सस्था र गैर सरकारी संस्था को पहिचान गरि परिचालन गरिने छ ।्
५।पञ्जिकरणलाई व्यवस्थित गर्न र तथ्याङ्क अध्यावधिक गर्नका लागी पञ्जिकरण दर्ता शिविर सञ्चालन गरिने छ ।
उ. अनुसन्धान तथा विकास
१. ठूला पूर्वाधार निर्माण तथा प्राकृतिक स्रोत उपयोगमा वातारणीय अध्ययनलाई अनिवार्य गरिनेछ ।
ऊ. सुशासन प्रवद्र्धन ः
१. गाउँपालिकाबाट सञ्चालन गर्ने क्रियाकलापहरुमा नवप्रवर्तन ९क्ष्ललयखबतष्यल० लाई जोड दिइनेछ ।
२. पालिकाले प्रदान गरिने सेवालाई सर्वसुलभ, छरितो र प्रबिधिमैत्री बनाइनेछ । सेवाग्राहीको पृष्ठपोषण लिने पद्धतिलाई संस्थागत गर्दै, नागरिक समाज र सरोकारवलाहरूबाट प्राप्त गुनासोको तत्काल समाधान गर्ने ब्यवस्था मिलाइने छ .
४. पालिकाको चौमासिक रुपमा नागरिक समाजका सस्थाहरु संग अन्तरक्रिया गरि सुझावहरु लिइनेछ र यस पालिकामा काम गर्ने विकास साझेदारहरु, गैसस तथा नागरिक समाज संग समेत चौमासिक रुपमा विकास गतिविधिको समिक्षा गदै सिकाई आदान प्रदान गर्ने कार्यलायई प्राथमिकताका साथ लागू गरिनेछ ।
५. सेवा प्रवाहको न्यूनतम मापदण्ड नमुनाको रुपमा तयार गरि सो को कार्यान्वयन प्रणली वनाई सर्वसुलभ सेवा प्रवाह गरिनेछ ।
६. विपन्न तथा सेवामा सर्वसुलभ पहुच नपुगेका समुदायहरुलाई सरल र सहज सेवा लिन सहयोग पुर्याउन हेल्प डेस्क स्थापना गरी संचालन गरिनेछ ।
७. गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा, विकास कार्यहरुको प्रभावकारी रुपमा संचालन गर्न, गराउन सेवाग्राहीहरुबाट सुझाव संकलन, गुनासो व्यवस्थापन, र नागरिक वडापत्र सम्बन्धी कार्यलाई आधुनिक प्रविधिमैत्री बनाई चाँडो भन्दा चाँडो सम्बोधन गर्ने प्रणालीको स्थापना एवम् संचालनको व्यवस्था मिलाइनेछ । यस कार्यलाई वडास्तरमा समेत विस्तार गरिनेछ ।
४. सार्वजनिक सेवाको गुणस्तर, कार्यशैली र व्यवहारको लेखाजोखा गर्न सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, लैङ्गिक उत्तरदायी बजेट जस्ता विधि तथा औजारहरुको प्रयोग गरिनेछ ।
५. गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शााखा वा ईकाईको सेवा प्रवाहलाई सम्भव भएसम्म सूचना प्रविधि मैत्री बनाइने छ । त्यसको लागि आवश्यक पर्ने कागजात, लाग्ने समय, प्रकृया र दस्तुर समेतको जानकारी हुने गरी मोबाइल एप्सको निर्माण गरिनेछ । यस्तो एप्सलाई गाउँपालिका सम्बन्धी जुनसुकै जानकारी प्राप्त गर्न सकिने स्रोतका रुपमा स्थापित गरिनेछ ।
६. सार्वजनिक सुनुवाइ सामाजिक परीक्षण तेस्रो पक्ष अनुगमन सामुदायिक स्कोर कार्ड जस्ता विधिहरुको प्रयोग गरी सुशासन, पारदर्शिता अभिबृद्धि गरिनुका साथै भ्रष्टाचार बिरुद्धको शून्य सहनशीलतामा जोड दिइनेछ ।
७. वित्तीय तथा आर्थिक अनुशासन कायम गर्न र छिटो छरितो सेवा प्रवाह गर्न प्रशासनिक क्रियाकलापमा प्रविधिको प्रयोगमा जोड दिइनेछ । लेखा, राजस्व, जिन्सी तथा जनशक्ति व्यवस्थापन लगायतका कार्यहरुलाई समेत सफ्टवेयरमा आधारित बनाइनेछ ।
८. वेबसाइट, अडियोभिजुअल सूचना पाटी तथा नागरिक वडापत्रको उपयोगलाई प्रभावकारी बनाइने छ ।
७. वडा कार्यालय सम्म भरपर्दो इन्टरनेट सुविधा बिस्तार गरी सम्पत्ती कर, घटना दर्ता, सामाजिक सुरक्षा विवरण, दर्ता नवीकरण लगायतका कार्यहरुलाई वडास्तरबाटै सञ्चालन गरिनेछ । गाउँपालिकाको वेबसाइटलाई सम्पूर्ण सूचना प्राप्त गर्न सकिने थलोका रुपमा बिकास गर्नुका साथै गाउँपालिका तथा वडा कार्यालयहरु समेतको फेसबुक पेज निर्माण गरी सुचना सम्प्रेषणमा जोड दिइनेछ ।
९. अनुगमन प्रणाली, तथ्याङ्क संकलन तथा सुशासन प्रवर्द्धन जस्ता विषयलाई विद्युतीय माध्यामको प्रयोग गरी बढीभन्दा बढी अनलाइनमा आधारित बनाइनेछ ।
१०. कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ । कर्मचारी तथा जनप्रतिनिधिहरुलाई सेवाग्राही मैत्री बनाउन उत्प्रेरणात्मक तथा सकारात्मक सोच सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११. दंगीशरण गाउँपालिकाको स्रोत नक्साङ्कन, घर नम्बरिङ कार्यको सुरुवात गर्नुका साथै पारिवारिक विवरण संकलनको कार्य प्रारम्भ गरिनेछ ।
१२. दङ्गीशरण गाउँपालिकाका सबैजसो कार्यलाई डिजिटलाइज गर्ने गरी तयारी गरिनेछ ।
१३. गाउँपालिकाको समग्र विकासलाई एकीकृत रुपमा अगाडी बढाउन गाउँपालिका, साझेदारी संघियता सहयोग कार्यक्रमको प्रविधिक सहयोग तथा अन्य गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा ६ महिनाभित्र गाउँपालिकाको आवधिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याई गा.पा.लाई आवश्यक पर्ने कार्यक्रम तथा कानूहरु निर्माण गरिने छ ।
१४।विनियोजन कुशलतालाई प्रभावकारी र दिगो वनाउन मध्यकालिन खर्च संरचना तयार गरिनेछ।
ए. वितीय अनुशासन तथा आन्तरिक राजश्व परिचालनः
१. राजश्व परामर्श समितिबाट अपेक्षा अनुरुप राजश्व असुली भए नभएको चौमासिक रुपमा समीक्षा गरी परिचालन तथा प्रभावकारी उपायहरुको आबलम्वन गरिनेछ ।
२. राजश्व प्रशासनलाई सुदृढ बनाउन शाखामा विद्युतीय उपकरण, सफ्टवेयर जडान तथा जनशक्तिको क्षमता विकास र वडाबाट संकलन हुने राजश्वलाई अनलाईन प्रणालीमा आवद्ध गराइनेछ ।
३. करका स्रोत र करदाताको लगत अद्यावधिक गरी राजश्व सुधार गरिनेछ ।
४. “मेरो विकासका लागि कर” भन्ने अभियानका लागि करदातालाई कर तिर्ने भावना विकास गर्न करदाता शिक्षा प्रदान गरिनेछ ।
५. सम्पत्ति कर सम्बन्धी व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गरिनेछ । यो लगायतका अन्य जुनसुकै कर तथा राजश्वहरु सम्बन्धित वडा कार्यालयहरुबाटै भुक्तानी गर्न सकिने गरी प्रबन्ध मिलाइनेछ ।
६. गाउँपालिकाको राजस्व प्रशासन सुधारको लागि राजस्व सुधार योजना तर्जुमा गरी कार्यन्वयनमा ल्याइनेछ ।
७. आर्थिक ऐनलाई समय सापेक्ष पुनरावलोकन तथा संशोधन गरि कर तथा गैरकर राजस्व सम्बन्धि इेन तर्जूमा गरिनेछ ।
८. बेरुजु न्यूनीकरणका लागि लेखा व्यवस्थापन, वित्तीय अनुशासन र कानूनको परिपालनामा जोड दिनुका साथै कायम भएका बेरुजु फछ्र्यौटका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
९.. आन्तरिक लेखा नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
(च) विविधः
क) कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापन
१. आर्थिक रुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रममूलक प्रविधिको प्रयोग गरी कार्यान्वयन गरिने योजनाहरुको छनौट गरिने छ ।
२. संक्रमण जोखिम रहँदा सम्म अशक्त असहाय एवं आर्थिक रुपले विपन्न गर्भवती महिला, जेष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरुका लागि राहातका कार्यक्रम संचालन गरिने छ ।
३. कोभिड १९ मा स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्री मास्क, पञ्जा, सेनिटाईजर, पिपिईहरुको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाईने छ ।
४.कोभिड १९ संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरुलाई नेपाल सरकारले तोके बमोजिम क्यारेन्टाइनमा राख्ने व्यवस्था मिलाई आवश्यकता अनुसार छिमेकी स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरी आइसोलेसन वार्डको समेत व्यवस्था गरिने छ ।
५. कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्षमता विकास तथा जनचेतनामूलक कार्यका लागि आवश्यक बजेटको व्यवस्था मिलाईने छ ।
६. एम्बुलेन्स, शव बहान, दमकल जस्ता सेवालाई चौविसै घन्टा संचालन गरी तयारी हालतमा राखी कोभिड १९ का कारण विद्यार्थी, गर्भवती महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, डिप्रेशनमा रहेका व्यक्ति तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने व्यक्तिहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराइने छ ।
७. दंगीशरण गाउँपािलकामा कोरोना रोकथामका लागी विभिन्न चेतनामुलक कार्यक्रम संञ्चालन गरिनेछ ।

ख० भुमी
१। दलित , भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी लालपुर्जा वितरणको लागी सात वटै वडामा लगत संकलन कार्य सम्पन्न गरी डाट ईन्ट्रीको काम भईरहेको र आगामी वर्षमा लालपुर्जा वितरणको कार्य सम्पन्न गरिनेछ।

र अन्तमा,
यो नीति तथा कार्यक्रम तयार पार्न सल्लाह सहयोग प्रदान गर्नुहुने सम्पूर्ण वडा अध्यक्ष, जनप्रतिनिधी ,वुद्घिजिवि, दंगीशरण वासि जनसमुदाय, पत्रकार, सुझाव दिने विभिन्न संघ संस्था , व्यक्ती तथा कर्मचारी वर्गहरुमा हार्दिक आभार प्रकट गर्दछु र आगामी दिनमा यो नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत यहाँहरु
सवैको साथ सहयोगको अपेक्षा राख्दछु ।

धन्यवाद !

भागीराम चौधरी
अध्यक्ष
दंगीशरण गाँउपालिका

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *