खहरे खाेलाले बगाउँदा देउखुरीमा एकजनाको मृत्यु

शिवु खनाल
देउखुरी, ९ असार
खहरे खाेलाले बगाउँदा देउखुरीमा एकजना पुरूषकाे मृत्यु भएको छ । खाेलाले बगाउँदा लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षिय मणिराम चाैधरीकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लगातार वर्षातपछि आएकाे फल्कापुर देखि माथिकाे खहरे खाेलाले बगाउँदा मृत्यु भएको प्रहरीकाे भनाइ छ । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *