मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक

काठाडौं, असार १०। यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।

एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरेको हो ।

जेठ १ गतेदेखि नै लागु भएको कार्यविधि कोरोना महामारीका कारण लाइसेन्स सम्बन्धी सेवा बन्द रहेकोले साउन १ गतेदेखि कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो । नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।

 मोटरसाइकल स्कुटरको लागि प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस  

कार तथा जीपको लागि प्रश्न हेर्न यहाँ क्लिक गर्नुहोस  

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *