कुलोमा डुबेर दाङमा एक बालिकाको मृत्यु

दाङ, असार १३ । दाङमा कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङ निबासी फिरु चौधरीकी ३ वर्षिया छोरी मुकमारी चौधरीकोे कुलोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता झलक शर्माले जानकारी दिनुभयो ।

आइतबार बिहान करिब पौने ११ बजेतिर घर नजिकै रहेको कुलोमा डुबेर बालिकाको मृत्य भएको हो । खसेको ठाउँबाट बालिकाको शव डेढ किलोमिटर तल कोरबाङको नहर कुलोमा फेला परेको प्रहरी प्रवक्ता शर्माले बताउनुभयो। बालिकाको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

सांकेतिक तस्बिर

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *