अनाहकमा झुटो मुद्दा दर्ता गरेको भन्दै राँताकासबासीहरुको आपत्ती ‘राजनितीकरण गरेर सर्वसाधारण फसाउने गरेको आरोप’

शिवु खनाल
दाङ, १४ असार
अनाहकमा झुटो अरोपमा मुद्दा दर्ता गरेको भन्दै दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ राँताकासका स्थानीयहरुले आपत्ती जनाएका छन् । राजपुरको राँताकास निवासी शुसिला विकले जग्गाको विषयलाई लिएर अनाहकमा झुटो आरोपमा इलाका प्रहरी कार्यालय गढवामा दर्ता गरेको भन्दै राताँकास गाउँका स्थानीयहरु एकजुट भएर आक्रोस पोखेको थिए । गत जेठ २३ गते जग्गाको आठामा राखेको दुबोको विषयलाई लिएर स्थानीय कमल विक र शुसिला विक बिच सामान्य झैझगडा भएको थियो । उक्त झैझगडा भएको तिनपछि इलाका प्रहरी कार्यालय गढवामा शुसिला विकले कमल विक र भक्तबहादुर विकको नाममा आफु माथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दर्ता गरेकि थिइन् ।
स्थानीय राँताकासबासीहरुले सामान्य झैझगडाको विषयलाई लिएर अनाहकमा केही गर्दै नगरेका कमल विक र भक्तबहादुर विकलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दर्ता भन्दै सुशिला विक विरुद्ध आपत्ती जनाएका छन् । स्थानीय कमल विक र शुसिला विक विच भएको सामान्य घरायसी जग्गाको विषयमा भएको झैझगडालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै झुटो मुद्दा दर्ता गरि गाउँका सोझासाझा व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीयहरूले आपत्ति जनाएको टेकबहादुर विकले बताउनुभयो । ‘प्रहरीले बास्तबिकता बुझ्दै नबुझी अनाहकमा झुटो मुद्दा दर्ता गरेको भन्दै राँताकासका स्थानीयहरूले आपत्ती जनाएका हुन्, स्थानीय विकले भन्नुभयो,–। ‘म घटनाको प्रत्येक्षदर्सी छु । जग्गाको आठामा राखेको दुबोको विषयलाई लिएर स्थानीय कमल विक र शुसिला विक बिच सामान्य झैझगडा भएको थियो । अरु विषय केही होइन । सामान्य विषयलाई पालिका स्तरका नेपाली कांग्रेसका नेताहरुले राजनितिकरण गरेर ठूलो बनाएका हुन् ।’
स्थानीय गाउँलेहरुले झुटो मुद्दा तुरुन्तै फिर्ता लिन माग गरेको छन् । आफु माथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दर्ता गरेको झुटो मुद्दा तत्काल फिर्ता नगरे कडा कदम चाल्ने स्थानीयहरुको भनाई छ । स्थानीय प्रेम पुन र पालिका स्तरका नेपाली कांग्रेसका प्रतिनिधि शोभाराम विकको दबाबमा शुसिला विकले अनाहकमा झुटो मुदा दर्ता गरेको स्थानीयले आरोप लगाएका छन् । यता मुद्दा खेपी रहेका भुक्तबहादुर विकका श्रीमती निमकुमारी विकका अनुसार स्थानीय शोभाराम विकको आमा धनकुमारी विकले कमल विक र शुसिला विक बिच भएको झैझगडाको खबर घरमै आएर पु¥याएपछि झगडा मिलाउन छिटो हिन्नुस् भनेको आधारमा घटनास्थलमा पुग्दा श्रीमान् माथि जबर्जस्ती करणीको प्रयास गरेको झुटो आरोप लगाएको बताउनुभयो । ‘मेरो श्रीमानले कोहि कसैलाई केही वचन लगाउनु भएको थिएन । अनाहकमा मेरो श्रीमानलाई फसाउने रणनीति बनाइ झुटो आरोपमा मुद्दा दर्ता गरिएको छ, विकले भनिन् ।’
राजनितीकरण गरेर सर्वसाधारण फसाउने प्रयास
पछिल्लो समय यता राजपुर गाउँपालिकामा वडा नम्बर ७ अन्तरगत गाउँ घरमा हुने सामान्य झैझगडालाई राजनितिकरण गरि अनाहकमा सोझासाझ जनताहरलाई दुख दिने प्रयास गरिएको छ । गाउँ घरमा हुने सामान्य भन्दा सामान्य विवादलाई पालिका स्तरका विभिन्न पार्टीका नेताहरुले राजनितिककरण गरि जनतालाई दुख दिने गरिएको स्थानीयको भनाई छ । यस्तै गाउँ घरमै मिल्ने सामान्य विवादलाई पालिका स्तरका नेपाली कांग्रेसका प्रतिनिधि शोभाराम विकले राजनितिककरण गरि इलाका प्रहरी कार्यालय गढवामा पु¥याएर दुख दिएको भन्दै आपत्ती जनाएका छन् । विवादलाई नेताहरूले राजनितीकरण गरेर सर्वसाधारण फसाउने गरेको स्थानीयले आरोप लगाएका छन् । अनाहकमा झुटो मुद्दामा फसाउने र दुख दिने गरेको भन्दै जनताहरुले विभिन्न समस्या झेल्नु परेको स्थानीयहरु बताउने गरेका छन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *