चोरी गरेका सामानसहित २ जना पक्राउ

दाङ, असार १६। दाङ प्रहरीले चोरी गरेका सामानसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उप-महानरपालिका वडा न २ का २२ वर्षिय देबेन्द्र खत्री र घोराही उप-महानगरपालीका वडा नं.१३ बस्ने बर्ष १६ वर्षिय एक किशोर रहेका छन् । १६ वर्षिय किशोरको भने परिचय खुलाइएको छैन । उनीहरुले विभिन्न समयमा चोरी गरेका ल्याप्टप, मोवाईल चोरी गरेको र पक्राउ गरी अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

यसैबीच विभिन्न मुद्दामा फरार रहेका अन्य दुई जना पनि पक्राउ परेका छन् । प्रवक्ता रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उप(महानगरपालीका वडा न ३ लक्ष्मीपुरका ३८ वर्षिय राजेन्द्र चौधरी र घोराही उप-महानगरपालीका वडा न। ३ कुईरेपाली बस्ने ३० वर्षिय विक्रम खडका रहेका छन् ।

चौधरी कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी हुन भने खड्का बहुविवाह मुद्दामा १ बर्ष ४ महिना कैद सजाय तोकी फरार रहेका प्रतिवादी हुन । उनीहरुलाई हिजो मंगलबार पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको रिजालले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *