दाङमा सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारी आन्दोलित

शिवु खनाल
दाङ, १७ असार
सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा दाङको लमही बैंकर्सका कर्मचारीहरुले लमहीको गोरघर चोकमा कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका छन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै लमही बैंकर्स क्षेत्रका कर्मचारीहरु असन्तुष्ट जनाउँदै विरोध प्रदर्शन गरेका हुन् । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन्
विरोध कार्यक्रममा विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको माछापुच्छ्रे बैंक लमही शाखा प्रमुख मधुसूदन श्रेष्ठले बताउनुभयो ।बिहिवार लमहीको गोलघर चोकमा लमही बैंकर्स क्षेत्रका कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन् । खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको माछापुच्छ्रे लमही शाखा प्रमुख मधुसूदन श्रेष्ठले बताउनुभयो ।
एभरेस्ट बैंकका लमही अप्रेसन प्रमुख खिमराज गैरे लमही बैंकर्स क्षेत्रका कर्मचारीहरूले संयुक्तरूपमा सबै बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ । आगामी दिनमा पनि हाम्रो माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुन्छ’ उहाँले भन्नुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *