बालबालिकाहरुलाई पाठ्य पुस्तक एवं दिवा खाजा रकम वितरण

दाङ, १८ असार । घोराही २ रामपुरस्थित रात्री प्रावि पलासेमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक र दिवा खाजाको रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत एकसय ४५ जनालाई दैनिक पन्द्र रुपैयाको दरले ७५ दिनको दिवा खाजा बराबरको एकखाल त्रिसठी हजार एकसय पच्ची रुपैया रकम वितरण गरिएको हो । उक्त अबसरमा एक कक्षा देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रअ चामबहादुर बिकले जानकारी दिनुभयो । थारु समुदायको बाहुल्यता रहेको उक्त विद्यालयलाई शिक्षा क्षेत्रमा अव्वल बनाउनका लागि स्थानीयबासी, जनप्रतिनिधिहरु लागि रहेका छन् । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष श्रोत बहादुर चौधरीको अध्यक्षत्ता एवं जनप्रतिनिधि टार्जन खड्काको प्रमुख आतिथ्यतामा पुस्तक र दिवाखाजा रकम वितरण कार्यक्रम गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *