लमहीमा किराना पसलहरुको संयुक्त अनुगमन ‘खनाल स्टोरबाट सबैभन्दा बढी म्याद गुज्रिएका अखाद्य सामान बरामद गरी नष्ट’

शिवु खनाल
दाङ, १८ असार
जिल्लाको लमही नगरपालिकाको विभिन्न बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुबाट करीब एकलाख ५१ हजार एकसय ४५ रुपैँया बराबरको म्याद गुज्रिएका अखाद्य सामान बरामद गरी नष्ट गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ, इलाका प्रशासन कार्यालय लमही, लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही र देउखुरी उद्योग बाणिज्य संघ लमही संयुक्त टोलीले नगरपालिकाको वडा नम्बर ५ स्थित पाँचवटा किराना पसल र एउटा शृङ्गार पसलमा छड्के अनुगमन गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जिवि रानाले जानकारी दिनुभयो । उनका अनुसार विभिन्न पसलहरुबाट प्रिमियम आटा, अजम्मरी मैदा, चकलेट, केसमा लगाउने तेललगायतका म्याद गुज्रिएका सामानहरु बरामद गरेर नष्ट गरिएको छ ।
अनुगमनका क्रममा लमहीको खनाल स्टोरबाट सबैभन्दा बढि म्याद गुज्रिएका अखाद्य सामान बरामद गरी नष्ट गरिएको छ । खनाल स्टोरबाट पाँच किलोको ३५ प्याकेट प्रिमियम आटा, पचाँस किलोको सात बोरो प्रिमियल आट, पचाँस किलोको १९ बोरा अजमम्री मैदा, विस किलोको ७५ बोरा अजमम्री मैदा गरि एकलाख ४४ हजार ५ सय ५० रुपैँया बराबरको म्याद गुज्रिएका सामानहरु बरामद गरेर नष्ट गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जानकारी दिनुभयो ।
उहाँका अनुसार लमहीको सृष्टि किराना पसलबाट विसपोका प्रिमियम आटा र आयुतोष मिठाइकोँ तिन बट्टा गरि चारहजार सातसय बराबरको म्याद गुज्रिएको अखाद्य सामान बरामद गरी नष्ट गरिएको छ । यस्तै अनुगमनका क्रममा अबदुल कस्मेटिक शृगार पसलबाट दशवटा एकसय ४० एम.एलको शान्ति अमला केस तेल, तिनवटा सेभिनङ्ग जेल गरि आठ सय ९५ र पवन किराना पसलबाट एकहजार बराबरको मिल्क चकलेट चारडिब्बा म्याद गुज्रिएको अखाद्य सामान बरामद गरी नष्ट गरिएको र गौरब किराना पसल र जानकी स्टोरबाट गुणस्तरीय सामान विक्रि वितरण गर्दै आएको लमही नगरपालिका प्रशासन प्रमुख लोकनाथ उपाध्यले जानकारी दिनुभयो ।
प्राय अनुगमनका क्रममा विभिन्न पसलका संचालकहरुले नविकरणको कागजात लिन पठाएर ढिला गर्ने, कागजात देखाउन हिचकिचाउने, दैनिक रुपमा मुल्यसुचि अपडेट नगरेको भेटिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुभयो । अनुगमनका क्रममा मूल्यसूची नराखिएको, दर्ता नवीकरण, नगरेको, बोर्ड नराखेको भेटिएको छ । त्यस्ता पसलहरुलाई छिटो दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, डिजिटल तराजु राख्नलगायतका सल्लाह सुझाव दिइएको नायब सुब्बा बामदेव गिरीले बताउनुभयो । खाद्य तथा किराना पसलहरूमा खाद्यान्न तथा पेय पदार्थहरूको म्याद नाघेका विक्री वितरण कार्यलाई न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त रूपमा अनुगमन गरेको हो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *