दाङको खैरेनीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

तुलसीपुर, १९ असार । पश्चिम दाङको खैरेनीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।

खेत जोतेर फर्किने क्रममा रा१त १९३१ ट्याक्टर चिप्लीएर पल्टिदा शान्ति नगर गाउँपालिका ७ खैरेनी निबासी २८ बर्षका सिताराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

बेलुकीपख ट्याक्टर पल्टिदा घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा सवा सात बजे मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *