खोला तटबन्ध गर्ने जनतासँग कुनै उपाय छैन ‘आफ्नो जग्गामा खोला बग्छ, अरूको जग्गा अधिया लगाएर खानुपरेको छ’

शिवु खनाल
दाङ, २० असार
फिरिङ्गी खोलाले कटान सुरु गरेपछि दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी दिपुकलाल चौधरीको परिवार चिन्तित छ । फिरिङ्गी खोलामा आएको बाढीले नदी किनारामा रहेको तिन विघा जग्गा क्षणभरमै निलेपछि चौधरीको परिवार चिन्तित भएका हुन् । मकै र धान रोपेको खेत नै फिरिङ्गी खोलाले कटान गरेपछि अमिलियाका दर्जनौ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुगेको गाउँलेहरूले बताएका छन् । जग्गाजमिन फिरिङ्गी खोलाले निलेपछि किसानहरूलाई कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ । गाउँकै धनी सम्पन्न परिवारको रुपमा चिनिने धनी किसानहरू सुकुम्वासी हुने स्थिति सृजना भएको छ । यो क्रम नरोकिए सिंगो अमिलिया गाउँ नै खोला बन्छ । खोलाको धार परिवर्तन भएपछि सबै खेतीयोग्य जमिन असुरक्षित भएको छ । ‘किसानहरूको घरखेत, जमिन जोगाउन कतैबाट प्रयत्न भएन, लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी दिपुकलाल चौधरीले भन्नुभयो,–। ‘जनतासँग कुनै उपाय छैन, नगरपालिकादेखि स्थानीय प्रशासन, प्रदेश सांसदलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको काम हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत बगर बन्दैछ । फिरिङग खोलाले अहिलेसम्म करिब दश विघा जमिन खेत कटान गरिसकेको छ ।’
‘तीन विघा जग्गा खोलाले कटान गरेको छ । पहिले प्रसस्त खेती हुने जग्गामा अहिले जग्गाको बिचबाट खोला बग्छ । खोलाको दुबै तर्फ तटबन्ध नहुँदा प्रत्येक वर्ष चारदेखि पाँच कठ्ठा जग्गा खोलाले कटान गर्दै आएको छ । आफ्नो जग्गामा खोला बग्छ । अरूको जग्गा अधिया लगाएर खानुपरेको छ, चौधरीले भन्नुभयो,–। ‘आफ्नो जग्गा खोलाले कटान गरेपछि स्थानीय पुरन बस्नेतको दुई विगहा जग्गा अधिया लगाउदै आएको छु । अहिले दुईवर्ष पूरा भयो अधिया लगाउन लागेको । खोलामा रहेको जग्गाको पोत तिर्छाै तर उपभोग गर्न पाएका छैनौ ।’ उपभोक्ता समिति बनाएर कमिशन खान पल्केको स्थानीय सरकारले फिरिङग खोलाबाट खेती योग्य जमिन जोगाउन एकसुको खर्च नगरेको स्थानीयहरुको भनाई छ । चुरेको अनियन्त्रित दोहनका कारण फिरिङग खोलाले धार परिवर्तन गरि कटान गर्दै विघौँ फिरिङग खोलाले स्थानीय पूर्णबहादुर बस्नेतले बताउनुभयो । धार परिवर्तन गर्दै फिरिङग खोला गाउँतर्फ विस्तारै हानिदै छ । तर, खोलाको दुबै तर्फ तटबन्ध गरि रोकथाम नियन्त्रणमा गर्ने विषयमा स्थानीय पालिका अहिलेसम्म मौन बसेको छ, उहाँले भन्नुभयो,–। ‘ फिरिङग खोला समयमै नियन्त्रण नगरिए अमिलिया गाउँमा पहिले खेती योग्य जमिन थियो रे भन्नु पर्ने अवस्था छ ।’
खोलाले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी जलविर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘थोरै जग्गा थियो, त्यही पनि खोलाले बगाएर बेजमिन बनाउन थालेको छ । खोलाले कटान गरेर खेतीयोग्य जमिन अहिले बगर बनेको छ ।’ यस्तै लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी लालबहादुर चौधरीको दुई विघा जग्गा लगाएको मकै सबै फिरिङ्गी खोलाले कटान गरेको बताउनुभयो । उहाँले दशकठ्ठा जग्गामा मकै, तोरी मसुरो लगायत हिउँदे बालि उत्पादन गर्दै आउको जग्गामा अहिले फिरिङ्गी खोला बगेको छ, भन्नुभयो । फिरिङ्गी खोलाको कटानले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया गाउँको करिब दश विघा खेतीयोग्य जग्गा अहिले बगरमा परिणत भएको छ । दर्जनाँै भन्दा बढि स्थानीयहरु मारमा परेका छन् ।
तटबन्ध बनाउनका लागि बजेट बिनियोजन गर्ने
यता प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई खेतीयोग्य जमिन विस्थापन हुनबाट जोगाउनुपर्ने बताउनुभयो । खोलाले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुग्नुभएका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले विपद्को जोखिममा परेका बासिन्दासँगै विघौँ खेतीयोग्य जमिन खोलाले कटान गरेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि बजेट बिनियोजन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा दुबै तर्फ तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *