अपराधिक गतिविधि न्यूनिकरण गर्न सिमाक्षेत्रमा अनुगमन ः प्रजिअ कुरुमवाङ्

शिवु खनाल
दाङ, २० असार
अपराधिक गतिविधि न्यूनिकरण गर्न भारतसँग जोडिएको दाङको नेपाल भारत सिमाक्षेत्रको अनुगमन गरिएको छ । दक्षिणक्षेत्र भारत र नेपालको सिमाक्षेत्रसंग जोडिएको दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकासम्मको सिमा स्तम्भ, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (वि.ओ.पि.) कोइलाबास र सिमा प्रहरी चौकीको अनुगमन गरिएको हो । दाङको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमावाङ् नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्ले, अनुसन्धानका प्रमुख अर्जुन भण्डारी, सशस्त्र प्रहरी बल २९ नं. गण हेकुवा ज्वालामाइ गण भालुवाङका प्रमुख टोप खनाल, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्ट, गढवा गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकि, पत्रकारको उपस्थितिमा सिमाक्षेत्रमा पुगेर स्थलगत अवलोकन तथा निरिक्षण गरिएको हो ।
सिमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनिकरण गर्न अनुगमन गरिएको दाङको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङ्ले जानकारी दिनुभयो । भारतसँग सिमा जोडिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेका दाङको दुईवटा पालिका अन्तरगतका सिमा क्षेत्रमा अवैध गतिविधि हुन नदिन समय समयमा जिल्ला सुरक्षा प्रमुख सहितको टोलीबाट सिमा क्षेत्रको अनुगमन हुने गर्दछ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङ्ले सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनिकरण गर्न अनुगमन गरिएको बताउनुभयो ।
उहाँका अनुसार स्थानीयबाट पनि सिमा स्तम्भ लगायतका विषयमा उठाइरहनुहुन्छ, सिमा क्षेत्रमा सुरक्षा सतर्कता लगाएको विषयलाई लिएर अनुगमन गरिएको हौ । दाङमा नेपाल भारत सिमा क्षेत्रमा ७७ वटा सिमा स्तम्भ रहेका छन् । सिमा स्तम्भका आसपासमा अनुगमन गरिएको छ । सिमा क्षेत्रमा लागुऔषध, जालिनोट, भन्सार छलि, मानव बेचबिखन, वन तथा वन्यजन्तुको चोरी सिकारी, हातहतियार विक्रि वितरण लगायत अपराधिक गतिविधि बढ्न सक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाइएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *