योग तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता नदिएको गुनासो

कोविड पछि को समस्यामा प्राकृतिक चिकित्सा” भन्ने मूल नारा को साथ आज नेपाल भर चौथो प्राकृतिक चिकित्सा दिवसी भव्य रूपले मनाईंदै छ। कोविड को महामारी को कारण भौतिकरुपमा मनाउन नपाए पनि जुम भर्तियुल मीटिंग मार्फत मनाईयो। जसको उद्दघाटन पूर्व शिक्षा तथा स्वास्थ्य मंत्री गिरिराज मणि पोख्रेल ले विरुवा मा जल अर्पण गरेर गर्नु भएको थियो । कार्यक्रम को सजिकरण भने डा. क्षितिज बारकोटी ले गर्नु भएको थियो । कार्यक्रममा कोबिड पछिको समस्यामा प्राकृतिक चिकित्साले कसरी काम गर्छ भनेर योग तथा प्रकृतिक चिकित्सा संघका अध्यक्ष डा. जनक बस्नेत ले पेपर प्रस्तुतीकरण गर्नु भएको थियो भने स्वगत मन्त्यव स्वहि संघ की सचिव डा. दीपा पाण्डे ले गर्नु भएको थियो। कार्यक्रममा समापन भने आजको कार्यक्रम का सभापति डा. हरिप्रसाद पोख्रेल ले गर्नु भएको थियो।

आज प्राकृतिक चिकित्सा दिवस ,नेपालमा आज को दिन मा यस्को अवस्था कस्तो छ?

तितो सत्य बोल्नु पर्दा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले राष्ट्रिय चिकित्सा घोषणा गरेपनि यो प्राकृतिक चिकित्सक र आम नेपाली को दुर्भाग्य भन्नुपर्छ यो चिकित्साको बारे र यस को फाइदाका बारे थोरैलाई नै थाहा छ। यो हुनु मा प्राकृतिक चिकित्सा प्रती सरकार को बेवास्ता नै हो। प्राकृतिक चिकित्सा दिवस केबल पानामा मात्रै सिमित रहन पुग्यो। राष्ट्रिय चिकित्साको नै एउटा पनि सरकारी दरबन्दी नहुनेले नै देखाउछ यो कति हेला गरिएको पद्धति हो भनेर । प्राईभेट र सामुदायिक स्थर मा यो चिकित्सा ले निकै राम्रो प्रगति गरेपनी सरकार को बाट अझै नै हेला गरिएको चिकित्सा हो। अहिले पनि सामुदायिक स्थर मा नवलपरासी को रजहर सामुदायिक प्राकृतिक चिकित्सालय तेस्तै बागेश्वरी प्राकृतिक चिकित्सलय र प्राईभेट ले कहौ बिरामी उपचार गरिरहे पनि सरकार ले भने यो चिकित्सा बिधा को लागि केहि काम गरेको देखिन्न ।
तर अहिले प्राकृतिक चिकित्सा आम मानिसको रोजाई को बिषय पनि भएको छ। सयद यो हुनु मा यो पद्धति को कुनै नराम्रो असर नभएकाले र सफलता पुर्बक उपचार हुने भएकाले पनि होला । यस्को लोकप्रियता ढिलो भएपनी आम मानिस मा बढ्दै गएको चाई अबस्य छ।

रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा बढी उत्तम हो ।’

कुनै औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधी हो, प्राकृतिक चिकित्सा । यो नै प्रभावकारी र हानिरहित विधी पनि हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रुपमै बलियो, निरोगी, तन्दुरस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम हो । अतः यसको एउटै सूत्र भनेको प्राकृतिक चिकित्सा नै हो ।

प्राकृतिक चिकित्सा के हो ?

प्राकृतिक चिकित्सा एक रचनात्मक उपचार गर्ने विधि, जसको उद्देश्य प्रकृतिमा स्वतन्त्र रूपमा उपलब्ध तत्वहरूको प्रयोगको माध्यमबाट रोगहरूको आधारभूत कारण हटाउन हो।

प्राकृतिक चिकित्सा मुख्यत शरीर भित्र रहेको महत्त्वपूर्ण उपचारत्मक शक्ति को अस्तित्वलाई मान्यता दिन्छ। रोघ प्रतिरोधात्मक शक्तिलाई बढुवा दिन काम गर्छ । प्राकृतिक चिकित्सक यस्मा बिश्वास गर्छन कि शरीर आफैं स्वयम् नै रोग निको गर्छ। तसर्थ प्राकृतिक चिकित्सा शरीर भित्र रहेका डिफेन्स प्रक्रिया जस्तै ईम्म्युन प्रणाली , प्रोबावोटिक्स, डि .ण .ए , अन्जियोजेनेसिस , स्टेम सेल जस्ता प्रतिरक्षी प्रणाली संतुलन मा राख्ने मा जोड दिन्छन । र यसरी नै एउटा स्वास्थ शरीरको रचना हुन्छ । र यो मात्र एक रोग संघ लड्ने सुरक्षाकबज हो। मानव शरीर तब सम्म स्वास्थ रहन्छ जब सम्म यि प्रतिरक्षा प्रणालीहरु सन्तुलित रह्न्छ्न। यिनिहरुको गडबडि संगै मनिस विभिन्न रोगको शिकार हुन पुग्छन ।
प्राकृतिक चिकित्सा एक विज्ञानमा आधारित परम्परा हो जसले प्रत्येक बिरामीको अनौठो पक्ष पहिचान गरेर स्वस्थतालाई बढावा दिन्छ र त्यसपछि उसको शारीरिक, मनोवैज्ञानिक, अध्यात्मिक र संरचनात्मक सन्तुलन पुनर्स्थापना गर्न गैर-विषाक्त प्राकृतिक उपचारहरू प्रयोग गर्दछ।
प्राकृतिक चिकित्सकहरूले तनाव घटाउने र आहार र जीवनशैलीमा परिवर्तन ल्याएर विरामी हुनबाट रोक्ने लक्ष्य राखेका छन्, प्राय जसो प्रमाण-आधारित औषधिको विधिहरू अस्वीकार गर्दछन्।
यसमा योग र व्यायाम थेरापी, एक्यूपंक्चर, हर्बल मेडिसिन, हाइड्रोथेरापी, डाईट र उपवास, माटो थेरापी रङ्ग र चुम्बकीय थेरापी , मसाज थेरापी र आधुनिक विधिहरूको प्रयोग जस्ता जैव अनुनाद, ओजोन-थेरापी, र कोलोन जस्ता स्वीकृत प्राकृतिक उपचार अभ्यासहरू सामेल छन्। यो सँग ठूलो
स्वास्थ्य प्रवर्धन, रोग निवारक र उपचारात्मकका साथै पुनर्स्थापनात्मक क्षमता छ।
प्राकृतिक चिकित्सा मुख्यत रोग लाग्नु मा यी तीन कारण मान्द्छ।
१.शरीरमा बिषादी पदार्थ हरु जम्मा हुनु – गलत आहार
२. रगत र लिम्फको असामान्य संरचना-
३. जीवन शक्ति कम हुनु- तनाब र चिन्ता

वास्तवमा जे जति रोग छन्, ति सबैको कारण र उपचार करिब एउटै हो । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितीलाई हामी रोग भन्छौं । अतः ति विकार निर्मूल गर्नु नै उपचार पद्दती हो । उपचारको विद्यमान विधी अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचिन, विश्वसनिय र प्रभावकारी उपचार पद्धती हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साले कुनै एक विषेश रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्छ । रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ । शरीरमा कुनैपनि रोगको संभावनालाई न्युनिकरण गर्छ ।

प्रकृतिको उपचारमा दबिएर बसेका रोगहरूलाई माथि ल्याइन्छ र स्थायी रूपले हटाइन्छ । यसले दीर्घरोगबाट पनि मुक्त दिलाउँछ । यसको खास विशेषता भनेको के भने, कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ

उपचार पद्धति के हो त?

शरीर पञ्चतत्वले निर्माण भएको छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ ।
(वायु,जल,अग्नि,आकाश र पृथ्वी पन्चतत्व हुन र यी पन्चतत्वोलाई नै समिश्रण गरेर उपचार गरिन्छ जस्तो कि माटो चिकित्सा, जलचिकित्सा , वायु चिकित्सा , अग्नि चिकित्सा अकाश अन्तर्गत खाना र उपवस चिकित्सक ,चुम्बकीय चिकित्सा , कलर चिकित्सा, अकुपन्चर, योग चिकित्सा जस्ता कहौ प्राकृति बिधिहरु रोगको प्रकार हेरेर उपचार गरिन्छ।

प्राकृतिक चिकित्सा कस्ता ब्यक्ती ले गर्ने त? यस्का फाईदा के त?
नकारात्मक असर बिहिन
प्राकृतिक चिकित्सा, मात्र एउटा यस्तो चिकित्सा हो कुनै बेफाइदा छैन र बिना ड्रग्स गरिने एक उपचार पद्वती यस्को मुल उदश्य मानिस लाई रोग लाग्न बाट बचाउनु नै हो ।
रोग रोकथाम
अङ्ग्रेजी मा भनाइ छ नि “Prevention is better then cure” यो नारा लाई आत्मसात गर्ने एक मात्र विधि प्राकृतिक चिकित्सा नै हो।
यो रोगी तथा निरोगी दुबै ले यो चिकित्सा को उपचार लिएर फाईदा लिन सकिन्छ ।
यो एक स्वास्थ जीवनशैली जीवन जिउने आधारभुत तरिका हो।

तपाईंको सोच्ने तरिका परिवर्तन हुन्छ
प्राकृतिक चिकित्सा औषधि एक यस्तो दृष्टिकोण हो जुन भावनात्मक, शारीरिक, र आध्यात्मिक स्वास्थ्यमा जोड दिन्छ, त्यसैले तपाईं स्वास्थ्यको लागि पूर्ण मार्ग प्राप्त गर्नुहुन्छ। पूरक र वैकल्पिक चिकित्साले तपाईंको कल्याणको लागि मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक घटकहरूको महत्त्वलाई मान्यता दिन्छ।

आत्म जागरूकता बढ्छ
जीवनशैली समम्धी चिकित्सकहरू भएकाले बिरामीहरूलाई उनीहरूको शरीर राम्रोसँग बुझ्न सहयोग गर्दछन। जब तपाइँ तपाइँको शरीरलाई चिन्नुहुन्छ, तपाइँ अझ राम्ररी बुझ्नुहुनेछ कि यसले लक्षणको रूपमा संवाद गर्न के गरिरहेको छ। यसले तपाइँको शरीरले के भनिरहेछ भनि जान्न मद्दत गर्दछ जब तपाइँ दुखाइ वा अन्य लक्षणहरूको अनुभव गर्नुहुन्छ।

व्यक्तिगत उपचार
प्राकृतिक रोगको उपचार अत्यधिक व्यक्तिगत गरिएको छ। प्रत्येक बिरामीसँग एक अद्वितीय कथा, इतिहास, आनुवंशिकी, आहार बानी, जीवनशैली र सम्बन्धित स्वास्थ्य चिन्ता हुन्छ। एक प्राकृतिक चिकित्सकले अन्तर्निहित कारण (हरू) निर्धारण गर्न र एक व्यक्तिको जन्मजात उपचार क्षमतालाई उत्प्रेरित गर्न एक व्यक्तिगत उपचार योजना सिर्जना गर्न काम गर्दछ। बिरामीहरू उनीहरूको स्वास्थ्य कार्यक्रममा पनि संलग्न छन् र प्रभावकारी, शिक्षित, आत्म-देखभाल निर्णयहरू गर्न सिक्छन् जसले भविष्यको स्वास्थ्य समस्याहरूलाई रोक्न सक्छ

सिमितता
कुनैपनि उपचार पद्धति आफैं मा पुर्ण छैनन तेस्तै प्राकृतिक चिकित्सा का कुनै बेफाइदा नहुदा नहुदै नि केहि कमजोरीहरु छन
१. इमेर्जेन्सी केस जस्तै आर.टि.ए, यकियुट एपेन्डिटाईटिस, हड्डी भाचिनु जस्ता कहौ ईमेर्जेन्सी केस हेर्दैन ।
२. प्राकृतिक उपचारले असर देखाउन धेरै समय लाग्छ।
३.कतिपए उपचार अस्पतालमै गएर वा रहेर दैनिक गर्न पर्ने हुनाले समय को अभाव ।

आधुनिक चिकित्सा ( एलोप्याथी ) र प्राकृतिक चिकित्सा साथमा लाग्न सकिन्छ त?
अबस्य एलोप्याथी चिकित्सा साथ मा जान सक्छ। यदि यो साथ मा गयो भने चिकित्सा क्षेत्र मा ठूलो उपलब्धि नी हुने थियो। प्रकृतिक चिकित्सा कुनै औषधि पर्योग गरिदैन।अन्य चिकित्सा मा आ-आफ्ना औषधि हुने भएकाले दुबै औषधिलाई साथ मा उपचार गरिदा समस्य पर्ने भएकाले नि औषधि रहित प्राकृतिक चिकित्सा सङ साथमा उपचार गर्दा कुनै पनि चिकित्सा लाई समस्य हुँदैन । बरु यस्को धेरै फाईदा हुन्छ । जस्तो कि औषधि सङै प्राकृतिक चिकित्सा अप्नाउदा औषधिले गर्ने नकारात्मक असर कम गर्नु को साथै यस्को काम गर्ने शक्ति नि बढाईदिन्छ। प्राकृतिक चिकित्साले शरीर सुद्धिकरणमा शरीर रचनामा ध्यान दिने भएकाले औषधिको नकारात्मक असरलाई कमगरि पुर्णतःरुपमा स्वास्थ रहन मद्दत गर्छ।
तेसैले यी दुबै बिधिलाई साथ मा लग्न सक्यौ भने बिरामी कल्याण को लागि अझ प्रभावकारी हुनेथियो।
डा. मनाेज ढकाल

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *