दाङमा ब्राउन सुगर सहित एकजना पक्राउ

शिबु खनाल,दाङ, २१असार
दाङमा लागू औषध ( ब्राउन सुगर ) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका वडा नम्बर ९ घर भै हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय रमेश पन्त रहेका छन ।

पन्तलाई गोप्य सुचनाको आधारमा यहि असार १९ गते शनिवार राती ८ बजे अमिलिया- तुलसीपुर सडक खण्ड अन्तर्गत दमारगाउँ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट नौ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *