रोनाल्डो युरोकपबाट रित्तो हात घर फर्किदा किङ मेसिको शानदार प्रदर्शन जारी, बने फेरि ‘म्यान अफ द म्याच’

काठमाडौं, असार २० : इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा अन्तिम चारमा पुगेको हो।

अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलका लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो मार्टिनेज र रोड्रीगो डेले एक/एक गोल गरे ।

खेलको ४० मिनेटमा डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए। अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो । खेलेको ८४ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले कप्तान मेस्सीकै पासमा गोल गरेका थिए।

९३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । खेलमा एक गोल तथा दुई गोलका लागि असिस्ट गर्ने अर्जेन्टिनाका कप्तान लियोनल मेसि ‘म्यान अफ द म्याच’ घोषित भए । जितसँगै अर्जेन्टिना सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

उरुग्वेलाई हराउँदै कोलम्बिया जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा उरुग्वेलाई ४-२ गोल अन्तरले हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो। उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टीमा उरुग्वेका इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरे । जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे ।

कोलम्बियाका डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई हराउन सफल भयो । कोलम्बियाका लागि मिग्युल बोराज, यरी मिना, डिभिन्सन, डुभान जापाटले गोल गरे । कोलोम्बियाले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन्।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *