बाख्रा पाएका अति विपन्न र गरिब समुदायका किसान भन्छन् ‘निर्वाहमुखीभन्दा पनि व्यवसायीकरण गर्दै लैजाने सोचमा छाँै’

शिवु खनाल
दाङ, २३ असार
दाङको लमही नगरपालिका वडा मबर ९ अमिलिया निवासी गंगा घर्तीले निशुल्क बोयर जातको माउ बाख्रा पाउँदा दंग पर्नुभयो । घर्तीले मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत दुईवटा माउ बाख्रा पाउन भएको हो । उहाँले माउ बाख्रा बुझ्दै आफूप्रतिको विश्वास कहिल्यै टुट्न नदिने बताउनुभयो । ‘दुईवटा माउ बाख्राबाट शुरुआत भए पनि क्रमैसँग बाख्राको संख्या थप्दै लैजानेछु, उहाँले भन्नुभयो,—। ‘यसलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरण गर्दै लैजाने सोचमा छु ।’ ‘म ७० वर्षको भएँ, निःशुल्क माउ बाख्रा उपलब्ध गराउनुभएकामा निकै खुशी छु । यहाँहरुले जुन विश्वास हामीमाथि राखेर माउ बाख्रा सहयोग गर्नुभएको छ, यसप्रति आभारी पनि छु, लमही नगरपालिका वडा नम्बर १ बसन्तपुर निवासी चित्रहादुर घर्तीले यस्तो संकटको बेला अतिविपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका किसानका परिवारलाई मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत बाख्रा वितरण गरेर ठुलो गुन लगाएको बताउनुभयो ।
लमही नगरपालिका अन्तरगतका विभिन्न समुदायलाई बोयर जातका माउ बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत नगरक्षेत्रका ग्रामीण भेगम बासोबास गर्ने ३५ जना अति विपन्न, अति गरिब समुदायका किसानलाई पहिचान गरि ७० वटा बोयर जातका माउ बाख्रा वितरण गरिएको लमही नगरपालिका पशु सेवा शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिनुभयो । यस आर्थिक वर्ष ०७७÷०७८ को पहिलो चरणमा मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नम्बर १, ६, ८ र ९ का अति विपन्न र गरिब समुदायका किसानलाई ८ लाख बराबरको बोयर जातका माउ बाख्रा, दुईलाख मुल्य बराबरको सिडलेस किम्बु र सुपरनेपियर घाँसको सेट (बेर्ना) वितरण गरिएको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
अति विपन्न परिवारको आयआर्जन वृद्धि गर्नका लागि माउ बाख्रा वितरण गरिएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । ‘कृषि व्यवसाय गर्ने अति विपन्न कृषकहरूलाई बाख्रापालन व्यवसायका लागि ब्राख्रा वितरण गरिएको हो, उहाँले भन्नुभयो,—। ७० वटा बाख्रा खरिद गरी अति विपन्न कृषकहरूलाई वितरण गरेका छौँ ।’ यता लमही नगरपालिका उप—प्रमुख देबका बेल्वासेले विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यावसायिक प्रवद्र्धधनमा टेवा पु¥याउने उद्देश्यले माउ बाख्रा वितरण गरिएको बताउनुभयो । नगरले वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै उप—प्रमुख बेल्वासेले वितरण गरिएका माउ बाख्रामा स्वास्थ्य समस्या देखिएमा नगरपालिकाले स्थापना गरेको पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गरिने बताउनुभयो । यस्तै लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले यस ठाउँमा ठूलो संख्यामा बाख्रा पालक किसानहरुको बसोबास रहेको र उनीहरुलाई कुनै न कुनै व्यवसायमा सक्रिय बनाउँदै अर्थोपार्जनतर्फ प्रेरित गर्नु आवश्यक रहेको उनले बताउनुभयो । किसानहरुको जीविकोपार्जनका लागि नगरले विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *