१५ करोडको लगानीमा फनपार्क सञ्चालन

 

दाङ, २२ असार। दाङमा होटल, बाल उद्यान सहितको फनपार्क सञ्चालनमा आएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० को अमराईमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न फनपार्क सञ्चालन ल्याइएको हो ।
तीन वर्षअघि देखि निमार्ण सुरु गरिएको दाङ फर्न भ्याली प्राली सञ्चालनमा आएको हो । उक्त फनपार्कमा हालसम्म करिब १५ करोडको लगानी लागिसकेको प्रालीका महाप्रवन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
केही काम गर्न बाकी रहेकाले लगानी बढ्ने सञ्चालकको भनाई छ । कोरोनाका कारण सामाग्रीको मूल्यवुद्धि भएकाले लगानीमा बृद्धि हुने श्रेष्ठले बताउनुभयो । कोरोनाको बिचमा पनि निमार्ण गरेर सञ्चालनमा ल्याउन सकिएको उहाँको भनाई छ ।
जिल्लामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिहरुको लगानीमा फनपार्क सञ्चालनमा ल्याइएको हो । फनपार्क ३ बिगाहा ५ कठ्ठा जग्गा भाडामा लिएर सञ्चाल गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *