नेपाल कै दोस्रो लामो महदेवा सिसहनियाँ जोड्ने पुल भत्कियो

शिवु खनाल
दाङ, २३ असार
नेपाल कै दोस्रो लामो महदेवा सिसहनियाँ जोड्ने पुल भत्किएको छ । दाङको गढवा महदेवा क्षेत्रतिर पुलको पुर्वी भागमा भत्किएको छ । लगातार अविरल वर्षातक कारण उक्त पुल भत्किन शुरु गरेको हो । दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिका जोड्ने पुल निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भत्किएको हो । दक्षिण क्षेत्रमा अवस्थित चुरे पहाडबाट राप्ती नदिमा झर्ने मन्द्रेनी खोलाको पानी, पचाह, जेठान गाउँ र कोठरी गाउँको झरना बगेर आउने खौराह खोलाको पानीको बेगले राप्ती नदीको पुलमा क्षति पु¥याएको गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी पुरुषोत्तम शर्माले बताउनुभयो ।
बुधवार बिहान ६ बजे देखि परेको अबिरल वर्षातका कारण खहरे खोलामा बाढी आयो र खहरे खोलाको तिब्र बेगका कारण बिहान ९÷१० बजे तिर नवनिर्मित पुलमा नोक्सानी ग¥यो, शर्माले भन्नुभयो । यस पुलको ८ सय ६५ मिटर लम्बाइ र साढे ७ मिटर चौडाई रहेको छ । यो पुल ९२ करोड ६६ लाखमा निर्माण सम्पन्न भएको हो । पुलको शिलान्यास २०७३ साल मंसिर २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो भने २०७७ असारमा सम्पन्न भएको पुलको उक्त पुलको ७७ माघ १२ गते प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
पुलको पुर्वीभाग बाट भएर बग्ने खहरे खोलाले कटान गरिरहेको छ । पुल भत्किए पछि आवतजावतमा रोक लगाइएको छ । राप्ती नदिको पुल भत्किएको सुचना पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुशन्धानका प्रमुख अर्जुन भण्डारी त्यहाँ पुगेर स्थलगत अवलोकन एवम् निरीक्षन गर्नुभएको हो ।
लगातार वर्षातका कारण देउखुरी जलमग्न
लगातार अविरल वर्षातका कारण देउखुरीका विभिन्न ठाउँ जलमग्न भएको छ । बुधवार बिहान ६ बजे देखि परेको अबिरल वर्षातका कारण देउखुरीको लमही, राजपुर, भालुवाङ्, राप्ती लगायतका विभिन्न स्थानहरु जलमग्न भएका हुन् । खहरे खोलाहरुमा बाढी पहिरो जानु र पानकिो निकास नहुदा देउखुरी जलमग्न भएको हो । नेपालमा मनसुन सुरु भएपछि तराईमा बाढी पहाडमा पहिरो र उपत्यकाका विभिन्न स्थानहरु डुबान सुरु हुने गरेको छ । यसरी बाढी, पहिरो तथा डुबानले वर्षेनी धेरै धनजनको क्षती हुने गरेको छ । अहिले दाङ सहित मुलुकभर विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने भएको आवश्यकता सावधानी अपनाउन दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो । यो बेला ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भन्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *