युरो कपको फाईनल हेर्न एरिक्सन र स्वास्थ्यकर्मीको टोलीलाई निमन्त्रणा

युरोपियन फुटबलको नियमक निकाय यूईएफएले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन र उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई युरो कपको फाइनल हेर्न निमन्त्रणा दिएको छ ।

यूईएफएले मंगलबार एरिक्सन र तत्काल उपचार गर्दै एरिक्सनको ज्यान बचाउन सफल स्वास्थ्यकर्मीको टोलीलाई युरो कपको फाइनल हेर्न निमन्त्रणा दिएको हो ।

युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदान बेहोस भएका एरिक्सनलाई यूईएफएले फाइनल हेर्न निमन्त्रणा दिएको हो ।

इन्टर मिलान तथा टोटनहमका पूर्व मिडफिल्डर एरिक्सन फिन्ल्याण्डबिरुद्धको समूहको पहिलो खेलको दौरान ह्रदयघातका कारण अचानक मैदानमा अचेत हुँदै लडेका थिए ।

मैदानमा १५ मिनटको प्रारम्भिक उपचारपछि एरिक्सनलाई अस्पताल लगिएको थियो । उनी चेतमा आएको खबर आएपछि डेनमार्क र फिन्ल्याण्डबिचको रोक्किएको खेल पुनः संचालन भएको थियो ।

विभिन्न तहको उपचारपछि अहिले स्वास्थ्य लाभ गरिरहेको एरिक्सनले बेल्जियमबिरुद्धको खेल १० नम्बर जर्सि पहिरिएर अस्पतालको शैयाबाट हेर्ने वाचा गरेका थिए ।

पार्केन स्टेडियमबाट अस्पताल निक्कै नजिक रहेकोले एरिक्सनले खेलको दौरान उनीप्रति देखाइएको सम्मान सम्भवत सुन्न पाएका थिए ।

यो खेल बेल्जियमले २–१ गोल अन्तरले जित्न सफल रह्यो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *