पुनः प्रयोगमा ल्याउन घोराहीमा घरघरबाट फोहोर किन्न सुरु

२५ असार, घोराही –
घोराही उपमहानगरपालिकाले घरघरबाट फोहोर खरिद गर्न थालेको छ । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालेको छ ।

केही महिना पहिले सरसफाई स्वयसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले आज देखी नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो ।

घोराही १४ नयाँ बसपार्कबाट नगर प्रमुख नरुलाल चौधरी, सरसफाई, बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डागी, नगरका प्रबक्ता भरत अर्याल, शाखा प्रमुख लक्ष्मण अधिकारीको उपस्थितीमा फोहोर किनेर अभियानको थालनी गरिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतल सहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति किलो ५ रुपैयाँ, सुर्ती जन्य प्लाष्टिको फोहोर प्रति किलो २ रुपैयाँ, गत्ता, कापीसहित बर्गिकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्याँसमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरु सँग समन्वय गरेर विक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

दैनिक उत्पादन हुने फोहोरको व्यवस्थापनमा सहजता ल्याउन र खेर जानबाट बचाउनका लागि यो अभियानको थालनी गरिएको उहाँको भनाई छ । फोहोर किन्ने स्थानिय सरकारको निर्णयले फोहोर व्यवस्थापनमा ठूलो राहत मिल्ने दिलबहादुर पुनले बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *