ताललाई आकर्षक गन्तव्य बनाउन डुंगा सञ्चालन प्राकृतिक सौन्दर्यता अवलोकनको लागि जखेराताल प्रभावकारी

शिवु खनाल
दाङ, २७ असार
जब जनप्रतिनिधि चुनिए त्यसपछि देउखुरीका पर्यटकीय क्षेत्रको खोजी भयो । पर्यटकीय क्षेत्रको संरक्षण भयो । तत्कालै व्यवस्थित गर्न थालियो र अहिले यो अवस्थामा आइपुगेको हो लुम्बिनी प्रदेशकै दाङ देउखुरीमा रहेको जखेराताल । पूर्वपश्चिम महेन्द्र राजमार्गको देखि करिब एक किलोमिटर उत्तर तर्फ रहेको जखेरातालको गुरुयोजना नै बनाएर संरक्षण र विस्तारको काम गरेको हो । थप कामका लागि प्रदेश र संघीय सरकारसंग समेत आग्रह गरिएको छ । तालसँगै नजिकै रहेको शिव मन्दिर परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी रहेको जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले बताउनुभयो । ओझेलमा परेको यो जखेराताललाई जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो ।
लुम्बिनी प्रदेशकै नमुना जखेराताललाई आकर्षक गन्तव्य बनाउन डुंगा सञ्चालन गरिएको छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगत तिनवटा तालमा डुंगा सञ्चालन गरिएको हो । डुंगाको प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले शनिवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । चौधरीले जखेराताललाई देशकै नमुना स्तरीय गन्तव्यकै रुपमा विकास गर्न सकिने सम्भावना रहेको तर्क राख्दै यसक्षेत्रलाई एउटा शान्त र रमणीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान जखेराले आयोजना गरेको डुंगा उद्घाटन कार्यक्रममा जखेराको समृद्धिको लागि खेल्नुपर्ने भुमिका तर्फ आफु केन्द्रीत हुदँै ध्यानाकर्षण भएको विचार राख्दै, अन्य राष्ट्रहरुसंग समन्वय र सहकार्य गरि तालको विकास, संरक्षण र समृद्धि तर्फ ध्यान दिने प्रतिवद्वता जनाउनुभयो ।
यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले जखेरातालको समग्र विकासमा केन्द्रबाट बजेट विनियोजन गरि नेपाल अधिराज्य चिनाउन भुमिका निर्वाह गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । उहाँले रोपवय संचालन गर्नको लागि पहलको लागि आग्रह गर्दै, नमुना योग्य जखेरा निर्माण गर्न तिनै तहका सरकारका बिच समन्वयको आवश्यक रहेको छ बताउनुभयो । यता शनिवार जखेरातालको अवलोकन गर्न आउनु भएका राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले तिनै तहका सरकारको अगुवाईमा जखेरातालको संरक्षण गर्दै व्यवस्थित गराएको भन्दै दुसि व्यक्त गर्नुभयो ।
तालको संरक्षण तथा व्यवस्थापनका काममा समुदायसंग समन्वय गरिएपछि ताल मात्रै होइन, समग्र क्षेत्रकै मुहार फेरिएको छ । प्राकृतिक रमणीय वातावरणमा रहेको जखेरातालमा घुम्न र वनभोज गर्न पाउँदा पर्यटकहरु समेत खुसी हुने गरेको कार्यसमिति सदस्य केशवराज पोख्रेलले बताउनुभयो । शहरी कोलाहालबाट दिक्क भएका मानिसहरुको लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनको लागि जखेराताल प्रभावकारी हुँदै आएको छ, उहाँले भन्नुभयो ।
जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद शर्मा उपाध्यको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यसमिति सदस्य केशवराज पोख्रेलको स्वागत मन्तब्य गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका महासचिव लोकमणी बञ्जाडेले गर्नुभएको थियोे । ताल संरक्षण तथा विस्तारका लागि हाल नगरको विसलाख बजेटमा विभिन्न काम भइरहेका छन् । तालको जग्गा विस्तार गर्ने, सफाई गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, डुंगाको पेभेलियन निर्माण गर्ने सुन्दरता बढाउने जस्ता काम भइरहेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *