दाङमा यात्रवहाक बस र जिप एकआपसमा ठाेक्किँदा छजना घाइते

शिवु खनाल
दाङ, २७ असार
दाङमा यात्रवहाक बस र जिप एकआपसमा ठाेक्किँदा छजना घाइते भएको छन् । आईतवार दिउँसो १ बजे भालुवाङ्बाट घाेराही तर्फ जादै गरेकाे रा १ ज ७०६ नम्बरको जिप र घाेराहीबाट लमही तर्फ जादै ना ५ ख २८०८ नम्बरको यात्रुवहाक बस मसाेटकाे माेडमा ठाेक्किएका हुन् ।

घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते हुनुभएको छ । यस्तै, जीप चालक र अर्का एकजना पनि घाईते भएका छन् ।

सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *