प्रमुख सल्लाहकार नारायण भुसालले भने-दाङ जिल्ला उबासंघलाई सल्लाहकार बनाइएको छैन, लेटरप्याडको दुरुपयोग गरियो !B

घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक तथा प्रमुख सल्लाहकार नारायण भुसालले दाङ जिल्ला उबासंघका अध्यक्ष टंकसिंह बुढाथोकिलाई प्रतिष्ठानको सल्लाहकार समितिको सदस्यमा ब्यक्तिगतरुपमा नियुक्त गरेको बताएका छन ।

छन ।

प्रमुख सल्लाहकार नारायण भुसालले भने-दाङ जिल्ला उबासंघलाई सल्लाहकार बनाइएको छैन, लेटरप्याडको दुरुपयोग गरियो ! 2

उनले भनेका छन-`
टंकसिंह बुढाथोकीलाई सल्लाहकारमा नियुक्त गरेको हो ,दाङजिल्ला उद्योग वाणिज्य संघलाई होइन, कार्यसमितिमा छलफल र बैठक नै नगरी सस्थाको लेटर प्याडमा बिज्ञप्ती निकालेर दाङ जिल्ला उद्याेग बाणिज्य संघ सल्लाहकारमा नबस्ने बिज्ञप्ती आउनु दु:खद पक्ष हो, कतै संघलाई राजनीतिक अखडा त बनाउन थालियन?सल्लाहकारमा ब्यक्ती राखेकोमा सस्थाको लेटर प्याडमा बिज्ञप्ती?मेरो बुझाइमा सस्थाको लेटर प्याडको दुरुपयोग हो ! `।

 

केही दिन अघि मात्रै भुसालकै संयोजक र प्रमुख सल्लाहकार रहेको १३ सदस्सिय प्रतिष्ठानको सल्लाहकार सदस्य समिति घोषणा गरेर सार्बजनिक गरेको थियो । दाङ उबासंघका अध्यक्ष टंकसिंह बुढाथोकि र महासचिब महेन्द्र बुढाथोकिले शनिबार बिज्ञप्ति जारी गरेर प्रतिष्ठानको सल्लाहकार समितिमा बस्न अस्विकार गर्दै प्रतिष्ठान सरोकार समिति कृयाशिल गराउने बताएका थिए । अध्यक्ष टंकसिंह बुढाथोकी कांग्रेस निकट हुन भने महासचीब महेन्द्र बुढाथोकी नेकपा माओबादि केन्द्र निकटका हुन ।

दाङ उबासंघमा प्रतिनिधित्व गर्ने एमाले निकट ब्यबसायिले भने सस्थाको लेटरप्याड दुरुपयोग गरेर सस्थाका अध्यक्ष र महासचिबले गरेको निर्णय तत्काल सच्याउन र नसच्याएमा जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावानी दिएका छन । असन्तुष्ट पक्ष हिजो शनिबार नै बैठक बसेर अध्यक्ष र महासचिबको निर्णयको बिरोध गरेका थिए ।

सस्थाका उपाध्यक्षहरु अनिल आचार्य, रामप्रसाद पोखरेल, सह कोषाध्यक्ष राज रानासहित निबर्तमान अध्यक्ष नारायण भुसाल, पुर्ब अध्यक्ष धुर्बराज श्रेष्ठ भारीसहितको बैठकले सस्थाका अध्यक्ष र महासचिबले सस्थाको मर्यादा नाघेर लेटर प्याड दुरुपयोग गरेको आरोप लगाएका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

Top