सल्लाहकार समिति सदस्यबाट दाङ उबा संघका अध्यक्ष टंकसिंह बुढाथोकिलाई प्रतिष्ठानले हटायो !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दाङ जिल्ला उद्योग वाणिज्य संघले असार २६ गते विभिन्न संचार तथा सामाजिक संजाल मार्फत प्रकाशित प्रेस विज्ञप्ती प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

सल्लाहकार समिति सदस्यबाट दाङ उबा संघका अध्यक्ष टंकसिंह बुढाथोकिलाई प्रतिष्ठानले हटायो ! 3

उद्योग वाणिज्य संघद्वारा जारी विज्ञप्तीमा उल्लेख भए वमोजिम अन्य कुनै आधिकारीक समिति प्रतिष्ठानको जानकारीमा नरहेको र त्यस संघको अध्यक्ष प्रतिष्ठानको कुनै पनि समितिमा पदेन सदस्यको रुपमा नरहेको जानकारी प्रतिष्ठानले दिएको छ ।
दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानको सल्लाहकार समितिमा बस्न आफु असहमत रहेकोे जानकारी गराउनु भएकोले उहाको निर्णयलाई सम्मान गर्दै असार २७ गतेकै मितिबाट निजको नाम सल्लाहकार समितिबाट हटाइएको व्यहोरा प्रतिष्ठानको जारी बिज्ञप्तिमा उल्लेख छ ।
उद्योग वाणिज्य संघ र प्रतिष्ठानको सहकार्य आगामी दिनमा पनि रहिरहने छ भन्ने अपेक्षा प्रतिष्ठानले गरेको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

Top