दाङको देउखुरीमा पानीमा डुबेर एक बालकको मृत्यु

शिवु खनाल
दाङ, २८ असार
दाङको देउखुरी स्थित पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिसको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सोमवार अपरान्ह साढेबाह्र बजेको समयमा खेल्ने क्रममा आशिस कुलोमा खसेका थिए, पानीमा डुबेर अचेत बनेका उनलाई उपचारका लागि लमही अस्पताल पुर्याईए लगत्तै डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बालकको शबलाई पोष्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइने अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले जानकारी दिईन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *