दाङको तुल्सिपुरमा खुकुरी प्रहारबाट एक जना घाइते

दाङ, असार २९ । दाङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । तुलसीपुर–९ दोघरेमा खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगर वडा नम्बर ५ का २३ वर्षिय बिकास सुनार घाइते हुनुभएको हो । सुनारको खुट्टामा चोट लागेको र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

खुकुरी प्रहर गर्ने बबई गाउँपालिका वडा नम्बर २ का २५ वर्षिय निर्मल बस्नेत फरार रहेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । तुलसीपुरको केएम जिमखानामा आज बिहान एक आपसमा विवाद हुँदा सुनारमाथि खुकुरी प्रहर भएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने बस्नेत फरार रहेका छन् । घटना ढिलो गरी जानकारी हुँदा समस्या भएको तर दोषिलाई खोजि कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *