राप्ती पुलको जग र जगको आसपासका जमिन बाढीले खोतल्न थाल्यो

शिवु खनाल
देउखुरी, ३१ असार
दाङको राप्ती नदीमा रहेको राप्ती पुल जोखिममा परेको छ । लमही नगरपालिका र गढवा गाउँपालिका जोड्ने रुपमा परिचित राप्ती पुल गएराती देखिको लगातार वर्षातका कारण पुलको दक्षिण तर्फको भाग चिरा पर्नुका साथै नदीको भेलले भित्रभित्रै खोक्रो बनाउदाँ पुल जोखिममा परेको हो । झण्डै दशवर्ष अघि निर्माण गरिएको राप्ती पुलको संरक्षण प्रति सरोकारवाला स्थानीय जनप्रतिनिधिले चसो देखाएका छैनन् । पुलको दक्षिण तर्फको भाग चिरा परेदेखि लामबहाक सवारी साधन र पैदल यात्रुहरुलाई आवतजावतमा अप्ठेरो पार्ने गरेको छ । यो समस्याले यस पटकको बर्खामा निकास पाउन सकेन भने पुल जोखिममा पर्ने अवस्था झन् बढ्दै जाने स्थानीय किरण पौडेलले बताउनुभयो । करौडौँको लागतमा बनेको पक्की पुलको संरक्षणका लागि सरोकारवालाहरु निकायले खासै चासो नदिएको स्थानीयहरुको गुनासो छ । दैनिक रुपमा सयौँको संख्यामा गाडीहरु गुड्ने पुलको दक्षिण तर्फको पुलको जग र जगको आसपासका जमिन बाढीले खोतल्न थालेको छ ।
राप्ती नदीमा आएको बाढीका कारण पुल र नदी आसपासमा रहेका घर र बस्ती उच्च जोखिममा परेका छन् । उक्त पक्की पुल जोगाउन तत्काल नै रोकथामका काम नगरे ठूलो क्षति हुने सम्भावना रहेको पनि स्थानीय किरण पौडेलले बताउनुभयो । पुल संरक्षणमा सबै सरोकारवाला पक्ष तत्कालदेखि नै नलागे ठूलो दुर्घटना निम्तिन सक्ने स्थानीयहरु बताउने गरेका छन् । साथै लगातार अविरल वर्षातका कारण दाङ सहति देउखुरीका विभिन्न क्षेत्र जलमग्न भएको छ । यस्तै दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि राना, दाङका सब इञ्जिनियर महेश विश्वकर्मा, सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा संयुक्तको टोलिले घटनाीथलमै पुगेर स्थलगत निरिक्षण एवम् अवलोकन गरेको हो । लगातार वर्षातका कारण पुलको दक्षिण तर्फको एप्रोच साइडमा पानी छिरेर भासिएको दाङका सब इञ्जिनियर महेश विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक सामाग्री लिएर तत्कालै मर्मत गर्नपर्ने आवश्यक देखिन्छ । मर्मतको काम सुरु गर्दै छाँै । अवको दुइ घण्टाभित्र मर्मतको काम सकिन्छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *